Suyog Dhakal · Nov २९, २०१७
कोरियाकी यि रानीले सदैव जापानी बिरुद्ध खरो कदम चालेकी थिइन, रानीले जापानसंगको यूद्ध हारेपछि कोरियाली स्वाभिमानका खातिर रसियासंग सहयोगको अपिल गरिन् । यस कुरा चाल पाएपछि जापानका जेनरलले कोरियाली रानीको हत्या गर्ने योजना बनाए । सन् १८९५ को अक्टोबर महिनामा रानी मीनको क्रुरतापूर्वक जापानीहरुले हत्या गरे, उनको मृत शरीरलाई सालका रुखहरु बीच जापानीले प्रमाण नभेट्ने गरि जलाए । त्यस समयमा रानी मीनको उमेर ४३ बर्षको थियो ।
४ महिनाअघि उत्तर कोरियाले अन्तराष्ट्रिय जगतमा व्यापक भय उत्पन्न गराउने हेतुले जापान माथि परमाणु क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र आक्रमण नभई भय उत्पन्न गराउने र शक्ति प्रर्दशन गराउने हिसाबले प्रहार गरिएको थियो ।
अमेरिकाले भने उत्तर कोरियालाई आतंकवादको कालोचसूचीमा राख्न चाहेको थियो, उता चीनले पनि उत्तर कोरियालाई कोईला निर्यातमा प्रतिबन्ध लगाएर उत्तर कोरियाको रवैयाको प्रतिरोध गरेको हो ।किन हो त उत्तर कोरिया यति धेरै देशहरुको हेला सूचीमा परेको ?