हिमाल तरुनो छ Mountain is Young | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

हिमाल तरुनो छ Mountain is Young




   Suyog Dhakal - Jan 03 2018

उनले बिवाह गरेकी उक्त इन्जीनियरसंग पनि उनको प्रथम भेट काठमाडौ वरिपरिकै क्याफे या रेस्टुराँमा भएको हो भन्ने अड्कल पनि धेरैको छ तथापि यसको यकिन भने कोहीसंग पनि छैन् । जे होस आज यि लेखिका फेरि नेपाल आउने भए दंग पर्थिन होला किनभने यिनकी मनपर्दा नेता माओ जिदोगंका बिचार अनुयायी राजनितिज्ञहरुले यस पाला नेपालमा चुनाव जितेका छन् ।



आज एकजना चीनीया लेखिकाको नेपालमा आधारित कृतीको कुरा गर्न जाँदैछौं, माउन्टेन ईज योगं । चीनीया मुलकी प्रसिद्ध लेखिका हान सुईगंको पुस्तक माउन्टेन ईन योगंको चर्चा परिचर्चा आज पनि बिश्वभरि उत्तकै चाखका साथ गरिन्छ, यि लेखिका भने ९० बर्षको उमेरमा सन् २०१२ मा संसारबाट बिदा भएकी हुन् । बिश्व बजार अनि मानचित्रमा सुस्तरि उक्लीरहेको आज भन्दा करिब ६० बर्ष अघिको नेपाल संसार सामु चिनाउन यस पुस्तकको पनि ठूलो देन मानिन्छ। 
उपनीवेश बनाईएको हङ्गकगं , निस्सासिएका प्रेम कथा अनि चीनमा बढिरहेका उतिबेलाका आन्दोलनका आवाजहरु यि लेखिकाको लेखन हस्ताक्षर हो । नेपालमा राजा महेन्द्रको राज्याभिषेक ताकाको काठमाडौको चित्रण गरिएको यस पुस्तकमा नेपालमा भएको प्रेमकथा देखाइएको छ । सन् १९५८ मा बेलायत अनि अमेरिका दुबैतर्फ बेस्ट सेलर भएको यस पुस्तकको बिषयमा आज कुरा गरौं । 
मुख्य पात्र एनी फोर्ड का पति एकजना अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । एनी भने काठमाडौको एउटा मिसीनरी बिधालयमा अग्रेजी बिषय पढाउन नेपाल आएकी हुन् । यसै क्रममा नेपालमा एकजना मिजासिलो ईन्जीनियरसंग एनीको घनिष्टता कायम हुन्छ र प्रेम समबन्ध हुनपुग्दछ । यसक्रममा सदैव एकतमासको जिवन गुजारेकी एनीले आफ्नो जिवनमा नयाँ अनुभव अनि फरक कोणहरु प्राप्त गर्न थाल्दछीन् । यसैक्रममा तत्कालिन काठमाडौको परम्परा, कट्टरता, भावनात्मक न्यानोपना अनि एनी स्वयमको एउटी नारीका रुपमा पूर्नजागरणको व्याख्या गरिएको पाइन्छ । 
कथाको प्लटमा नेपालमा उतिखेर त्रिभूवन राजपथको निर्माण भइरहेको बताइन्छ, ति इन्जीनियर भारतीय हुन्छन जसको नाम भिन्सेट स्वामी हुन्छ । लेखिकाले बास्तवीक जिवनमा यसै नाम गरेको भारतीय इन्जीनियरसंग भारतको बेगंलोरमा बिवाह गरेकी हुन्, उनले यस कृतीमा आफ्नो यथार्थ कथालाई पात्रमार्फत ढालेकाले पनि अझ यर्थाथपरक बन्न गएको छ । हान सुईगंका बिभिन्न कृतीहरु अनि बिचारमा उनी चीनको कम्यूनिजम आन्दोलनको उतिखेरैदेखिकी समर्थकका रुपमा खरो उभिएकी छिन् । नेपालको भूमिमा पनि उनले धेरै पटक पाइला टेकेकी हुन त्यसैले नै त यस कृती नेपाली परिवेशको तत्कालिन ऐना झै छ । उनले बिवाह गरेकी उक्त इन्जीनियरसंग पनि उनको प्रथम भेट काठमाडौ वरिपरिकै क्याफे या रेस्टुराँमा भएको हो भन्ने अड्कल पनि धेरैको छ तथापि यसको यकिन भने कोहीसंग पनि छैन् । 
जे होस आज यि लेखिका फेरि नेपाल आउने भए दंग पर्थिन होला किनभने यिनकी मनपर्दा नेता माओ जिदोगंका बिचार अनुयायी राजनितिज्ञहरुले यस पाला नेपालमा चुनाव जितेका छन् । चीनको हनान प्रान्तमा हुर्किएकी यि लेखिकाले आफ्नो बालापनमा बिधालय जाँदा रिक्शामा भोकमरिले मरेका मान्छेहरु लाशका थुप्राहरु देखेको बताएकी थिइन् । लेखिकाले जिवनमा ३ वटा बिवाह गरेकी थिइन्, उनको अन्तिम पति भने भारतीय इन्जिनियर थिए । 
यस कृतीको अन्तमा पात्र एनी ले काठमाडौ आएपछि माया, त्याग अनि यर्थाथको झल्को पाएको देखाइन्छ । राजा महेन्द्रको राज्याभिषेक ताकाका दृश्यहरु लाई काठमाडौका पवित्र अनि पुरातात्वीक महत्वका श्रृगांरसमेत यिनले पस्केकी अलौकीक स्वाद आज ६० बर्ष पनि पनि बिछट्टै पढ्न लायक छ । मौका परे पढ्नु होला । 

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.