केडेमीले नन फिक्सन र कथावाचनलाई मात्र साहित्य मानेको देखिन्छ भने साहित्यको विधा फराकिलो पार्नमा यसले कुनै पनि भूमिका नखेलेको स्पष्ट हुन्छ ।
सन् २०१८ को साहित्यतर्पmको नोबेल पुरस्कार वितरण नगरिने भनेर यसै महिनाको पूर्वाद्धमा स्वेडिस एकेडेमीले सार्वजनिक गरेको थियो । स्वेडिस एकेडेमीका निकट व्यक्ति यौनकाण्डमा मुछिएपछि एकेडेमीले यस वर्षको नोबेल पुरस्कार साहित्य रद्द गरेको हो । पूर्व तथा भविष्यका नोबले पुरस्कार विजेताको सम्मानस्वरुप यस वर्षको पुरस्कार रद्द गरिएको भनी एकेडेमीले स्पष्टीकरण दिएको थियो ।
विश्वभर यौनहिंसाविरुद्धको नारा बलियो हुँदै जाँदा, सामाजिक सञ्जालमा ३मिटुक्यामपेन र केभिन स्पेसीको सट्टामा रिड्ले स्कटलाई अल द मनी इन द वल्र्डमा मुख्य अभिनेताको भूमिका प्रदान गरेपछिको यौनकाण्डविरुद्धको यो पछिल्लो प्रयास स्वेडिस एकेडेमीबाट आएको हो । स्वेडिस एकेडेमीको यो कदमले विवादको स्वरुप त लिन्छ होला नै तर त्योभन्दा बढी साहित्यतर्पmको नोबेल पुरस्कारको गरिमा हरेक वर्ष कसरी घट्दो छ भनेर जान्न आवश्यक छ ।
केही वर्ष यतादेखिका नोबेले पुरस्कार विजेताहरुलाई मात्र हेर्ने हो भने पनि एकेडेमीले उत्तरआधुनिकवादका लेखकहरुलाई कति बेवास्ता गरेको छ भनेर देख्न सकिन्छ । पछिल्लो केही वर्षमा काज्वो इशिगुरो र म्यारीयो भार्गोस लोसाबाहेक अधिकांश बाँकी विजेताहरु नोबेल पुरस्कारकालागि खासै योग्य व्यक्तित्वहरु थिएनन् । उदाहरणका लागि सन् २००८ को नोबेल विजेता जेएमजी ले क्लेजियो हुन् । उनका मुख्य योगदानहरु भनेको कविता, बालसाहित्य र यात्रासंस्मरणहरुमा रहेको थियो । त्यस्तै, हेर्टा मुलर (२००९) र टोमस ट्रान्सटर्मर (२०१०) का विजेताहरुले पनि कवितामार्पmत् सो पुरस्कार जित्न सफल भएका थिए । एलिस मुनरो र मो यानले लघु कथा लेखेबापत नोबेल पुरस्कार आफ्नो पोल्टामा पारे । त्यस्तै, जिन प्याट्रिक मोडियानोले २०१४ मा हालोकास्ट साहित्य र २०१५ मा स्भेटलेना एलेक्जेण्ड्रोभ्नाले खोज पत्रकारिता गरेबापत नोबेल पुरस्कार हात पारे । सन् २०१६ मा बब डाइलनलाई अमेरिकी गीतहरुमा कवितात्मक छन्द ल्याउन सफल भएकोमा नोबेल पुरस्कारको हकदार मानिए । यी सबै विजेतालाई नियालेर हेर्ने हो भने एकेडेमीले नन फिक्सन र कथावाचनलाई मात्र साहित्य मानेको देखिन्छ भने साहित्यको विधा फराकिलो पार्नमा यसले कुनै पनि भूमिका नखेलेको स्पष्ट हुन्छ ।
लेखकलाई उनीहरुको काम र कृतिका लागि सराहना त गर्नैपर्छ तर एकेडेमीको छनौट कस्तो छ भनेर पनि यसले देखाउँछ । समकालिन फिक्सन लेख्ने लेखकहरुलाई एकेडेमीले जानाजान बेवास्ता गरेको देखिन्छ । जोन उप्दिके, सलमान रुस्डी, फिलिप रोथ, हारुकी मुराकामी, इयान म्याकवानजस्ता लेखकहरु एकेडेमीको आँखामा कहिल्यै पर्न सकेनन् । एकेडेमीको छनौटले उठाउने प्रश्न नै यही हो कि ः किन समकालिन साहित्यिक लेखकहरु एकेडेमीको बेवास्तामा पर्छन् ?
एउटा मुख्य कारण त यो पनि हो कि समकालिन साहित्यिक रचनका पाठकहरु कमै छन् । धेरै पाठकहरु इतिहास, जीवनी वा नन फिक्सन नै पढ्न रुचाउँछन् भने कविता पढ्ने पाठकहरु पनि प्रशस्तै छन् । आजकल धेरै मानिसहरु बौद्धिक विकासका लागि भन्दा पनि जानकारी राख्ने हेतुले पढ्ने गर्दछन् । पाठकहरुको रोजाइलाई नै एकेडेमीले पनि आफ्नो रोजाइ बनाउँदै, त्यही अनुसार नोबेल पुरस्कारजस्तो गरिमामय पुरस्कार वितरण गर्ने गर्छ । पछिल्लो दशकको चल्दो चल्ती नै यही बनेको छ ।
समकालिन साहित्यिक लेखनमा कलम चलाएका लेखकहरु कहिल्यै नोबेल पुरस्कार विजेता नभएका पनि होइनन् । विलियम फल्कनर (१९४९), अर्नेस्ट हेमिङवे (१९५४), अल्बर्ट क्यामस (१९५७), जोन स्टिनबेक (१९६२), जिन पल सार्टे« (१९६४), सल बेलो (१९७६), जोस स्यारामागो (१९९८), गन्टर ग्रास (१९९९), ओह्रान पामुक (२००६) यी सबै लेखकहरु यही विधाबाट नै नोबेल पुरस्कार जित्न सफल लेखकहरु हुन् । उनीहरुको कृतिले एक धारका पाठक पकड्न सफल भएको छ र यो साहित्यको निरन्तर पाठकहरु नभएका पनि होइनन् ।
सारांशमा भन्नपर्दा, स्वेडिस एकेडेमीले जानेरै उत्तरआधुनिक लेखकहरुलाई बेमतलब गरेको छ । यी लेखकहरु प्रगतिशील छन् र उनीहरुको कृति धेरै पाठकहरुमाझ पुग्न जरुरी छ । नोबेल साहित्य पुरस्कार वितरणको जिम्मेवारी पाएको निकाय नोबेल कमिटिले यो बुझ्न आवश्यक छ कि उत्तरआधुनिकवादका लेखकहरुले पठनत्व बढाउन भूमिका खेल्छ । यसकारण, एकेडेमीले सामाजिक समस्यालाई आख्यानसँग जोडेर लेख्ने आधुनिक लेखकहरुको सम्मानार्थ उनीहरुलाई अवसर प्रदान गर्नुपर्छ र साहित्यको दायरा पनि बढाउँदै लानुपर्छ । आधुनिक लेखकहरुलाई बेवास्ता गरेर एकेडेमीले पूर्वाग्रही भावना राखेको छ ।
यसकारण, एकेडेमीले यौनकाण्ड र आर्थिक हिनामिनाविरुद्ध पैठेजोरी खेल्दै गर्दा, उसले आफ्नै विजेता छान्ने रोजाइमा पनि आँखा पु¥याओस् । एकेडेमीले बुझेको हुनपर्छ नोबेल पुरस्कार विजेता प्रकाशमा आउन थालेपछि उनका कृतिहरुको पठनत्व बढ्ने गर्छ । यसकारण पनि एकेडेमीले साहित्यतर्पmको विजेता रोज्ने तरिका परिवर्तन गर्नैपर्छ ।
सुयोग ढकाल
Liked by: