
उनका प्रशंसकहरुले उनलाई रमाइलो, विद्वान्, मजाकिला, प्रतिभाशाली, बुद्धिमानजस्ता शब्दहरु प्रयोग गर्दै उनलाई अन्तिम बिदाइ दिएका छन् । उनको निधनले विश्वको आइ क्यु एक रातमा नै खस्किएको मानिएको छ ।
स्टेफन हकिङको निधनसंगै ब्रम्हाण्ड खोजिको एउटा अध्याय नै सकिएको छ । उनका अनुसन्धान तथा साध्यले विज्ञान विश्वमा फड्को मार्न ठूलो योगदान दिएको छ । मानवप्रेमी तथा विज्ञानप्रेमी हकिङको अभाव विश्व समुदायले आगामी दिनमा भोग्नुपर्ने नै छ ।