सिरियन शरणार्थीको डायरीबाट | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

सिरियन शरणार्थीको डायरीबाट




हामीले एकअर्कालाई हेर्यौं, कालो धुँवाले हाम्रो अनुहार नचिनिने भएको थियो र हामी गनाईरहेका थियौं । झरेको १० मिनेटमा मैले थोरै गोडा चलाउन सक्ने भएं, पिसाब फेर्न सकें । लगाएका कपडालाई उल्टाएर लायौं ताकि थोरै भएपनि सफा देखिन्छ कि भनेंर ।



सिरियाबाट भागेर टर्की आइपुगेका ३ जना शरणार्थीहरु लुकी लुकी ग्रीस सम्म पुगेका छन् । अन्तमा जीवन धान्न अनि परिवार जोगाउन उनीहरु भविष्यको खोजिमा ईटाली जाने निर्णयमा पुग्दछन् । बिना कागजपत्र यो यात्रा त्यति सजिलो छैन, आउनुहोस् नेपाली संस्करणमा प्रस्तुत छ, समुन्द्र पारीको शरणार्थीका दर्दनाक कथा । ट्याकंर भित्रका २४ घण्टा ।

हामीलाई थाहा थियो कि ट्याकंरभित्रको यात्रा ज्यान लिन सक्ने थियो, अरु सिरियनहरु पनि थिए जसले आफ्नो अनुभवका आधारमा हामीलाई त्यसो नगर्न भने । तर हामीलाई जसरी पनि ग्रीस कट्नु थियो । साथी (अनस अनि बेदी) संगै म पनि २ महिनादेखि ग्रीसमा बिना कागजात लुकीछिपी बस्दै आएको थिए । केही काम थिएन, खाना थिएन, बाँच्ने आधार थिएन अनि प्रहरीहरुले बहुतै बर्बरतापूर्वक हामीलाई व्यवहार गर्दथे । मानव ओसार पोसार गर्नेहरु प्राय कुर्दिश या अरबीहरु खुल्ला क्याफेमा बसेर मान्छेलाई सामान झैं ओसार्ने कुरा गर्दछन्, प्लेन, पानीजहाज या ट्याकंर भित्र ।ट्याकंरको यात्रा जोखिमपूर्ण हुन्छ, मलाई थाहा थियो । तर यो ईटाली भित्र छिर्ने र नयाँ जीवनको एउटा अचुक माध्यम थियो । हुन सक्छ कि ट्याकंरभित्रका मान्छे गन्तव्यमा पुग्दासम्म लास बनि सक्नेछन् ? तर विकल्प अरु के नै छ र ? 


एकजना साईबर क्याफेका मालिक ईजिप्षीयनले ट्याकंरको उपाय हामीलाई भनेका हुन् । उसका क्याफेमा धेरै अरबी बालबालिकाहरु आफ्ना आमाबुवासंग स्काईपमा कुरा गर्न आउने गर्दथे, ५००० युरो दिएमा ग्रीक ड्राईभरले हामीलाई ईटालीको मिलान शहरसम्म पूर्याउने कुरा उनले बताए । 


हामीले एथेन्स बिहान सवेरै ट्याक्सीमा छाड्यौं, म मेरा दुई साथी र एकजना नचिन्ने ईराकी हामीसंग थियो । समुन्द्र किनारको एउटा गोदाम जस्तो एकलास ठाँउमा हामीलाई लगियो, त्यसपछि गोदामको ठुलो ढोका लगाएर ड्राईभरले बन्दोबस्त मिलाउन थाल्यो । हामीलाई सर्वप्रथम शौचलय जान भनियो, अरु साथीहरु गए शौचालय तर म धेरै तनावमा थिए, शौचालय जान सकिन । गाडीको एक्सल तर्फको सानो व्वालबाट हामीलाई छिर्न भनियो, मलाई लाग्यो कि अब हामी तीनै जना त्यही मर्दैछौं भनेर ।
घस्रदै छिर्न पर्ने थियो । छिर्न अघि हामी चारैजनाले प्रार्थना गर्यौं, हाम्रा परिवार अनि बालबच्चाका लागि, सायद अब उनीहरुसंग कहिल्यै भेट हुने छैन, मलाई त्यस्तै लागिरहेको थियो । संगैको साथी अनस आफ्ना छोराछोरी सम्झेर अचम्मको चित्कार गर्न थाल्यो, मैले यसखाले मानवीय संवेदना प्रथम पटक देखें, धेरै नराम्रो लाग्यो आफ्नै अवस्था देखेर । त्यस ट्याकंरको सानो दुलोमा चार जना अट्न असंभव थियो, हामी तीनजना जाने भयौं र ईराकी साथी चाँही फर्कियो । अटेको भए उ पनि जान्थ्यो होला ?
ड्राईभरले ५००० युरो लियो र हामी ईटाली पुग्दा सम्म मरिसकेको भएमा हाम्रो शरीर झिकेर फाल्नका लागि भनेर पनि थप ५०० युरो लियो । गाडी चलेको आधा घण्टा भयो, अब मलाई भयले पनि हुनसक्छ जोडले पिसाब च्याप्यो तर तीनै जना यसरी चेप्टीएर बसेका थियौं कि हामी हलचल गर्न सक्ने अवस्थामा थिएनौं । चारैतिर कालो थियो, हामीलाई कालो केही कुराले छोपिएको थियो अनि भुईमा रबरको केही म्याट जस्तो थियो । डिजेल अनि प्लास्टिकको जलेको गन्ध आईरहेको थियो र तापका कारणले म्याट पग्लन थालेको थियो । हामी त्यहाँ मर्दैछौं, म अब मर्नका लागि तयार थिए ।
मेरा २ साथीले हामीसंग भएको पेप्सीको सानो बोतलमा पिसाब गरे जुन आधा बोतलमा पर्यो अनि आधा यत्रतत्र पोखियो । बोतलको पिसाब बाहिर फाल्दा पनि तिब्र रफ्तारको हावाले पिशाबका छिटाहरु हामीतर्फ नै फल्यो ।

सिरियन शरणार्थीहरु कहाँ र किन जाँदैछन् ?

युरपियन युनियनका देशहरुमा यी शरणार्थीहरु जान्छन् । मुख्यतया ग्रीस र ईटालीमा राम्रो सामाजिक सुरक्षा र रोजगारीका अवसरले उनीहरु त्यहाँ लुकीछिपी जानेगर्दछन् । असाईलम खोज्नेहरुलाई वेलायत, जर्मन अनि नेदरल्याण्ड लगायतका देश अनि केही स्क्यान्डेनिभियन स्टेटहरुले केही प्रावधान दिएका छन् । व्यवसायिक मानव तस्करहरु युरोप भरि, मध्यपूर्वी एसिया अनि उत्तर अफ्रिकासम्म सक्रिय छन्, कतिले त आफ्ना सेवाहरु फेसबुकमा प्रवर्धन पनि गर्ने गर्दछन् । शरणार्थीहरु आफ्नो वर्षौको कमाई, सरसापटी अनि जेथा बेचेका रकमहरु यिनै तस्करहरुलाई दिन बाध्य हुन्छन् ।

लगभग यात्राको अन्त तर्फ हामी तीनैजना पीडाले मरणासन्न भएर छटपटाइरहेका थियौं । केही समयमा ट्याकंर अब पानी माथिको फेरीमा थियो, बन्द ईन्जिनमा हाम्रो श्वासप्रश्वासको आवाज पनि गर्जन भएझै लाग्न थाल्यो । हामीलाई चुपचाप भएर गन्तव्य पुग्नु थियो, हामी चुप बसिरह्यौं तर पीडाका कारणले त्यो चुप बस्नु लगभग मरेकै जस्तो थियो । हामी श्वास फेर्न संघर्ष गर्दै थियौं ।
हातको मोबाईलमा परिवारका फोटाहरु हेरेर शायद म जीवनको अन्तिम पलहरु गुजारीरहेको छु जस्तो भान भयो । मेरा दुईजा जुम्ल्याहा छोरीहरु छन्, डिमा र रिमा । तिनीहरु चार बर्षका छन्, मैले यो यात्रा उनीहरुकै भविष्यका लागि गरिरहेको थिएं । मैले सोचें उनीहरुले के खान्छन् अनि के गर्छन यदि म ईटाली पुगेर कमाउन सकिन भनें भनेंर । मैले देश छाड्ने बेलामा मेरी श्रीमती गर्भवती थिइन र टर्कीमा अल्ट्रासाउण्ड गर्दा मैले छोरी नै भएको थाहा पाएको हुँ । म यस्तै केही सोच्दै थिएं, मोबाईलको ब्याट्री सकियो ।
अब फेरीबाट झरेर ट्याकंर पुनः गुड्न थाल्यो, बाहिरका मान्छेहरुले बोलेका भाषाका आधारमा हामी अब ईटाली पुग्यौं भन्ने थाहा भयो । अब जेसुकै भएपनि हामीलाई ग्रीस फर्काउने छैनन्, हामी खुशी भयौं । शरीर अर्धमृत भइसकेको थियो, अब ड्राइभरले सुनेर रोकोस् भनेर हामीले कराएर ट्याकंरको भुईमा ठोक्न थाल्यौं । ड्राइभरले सुनेन, साथीको मोबाइलमा बाँकी ब्याट्रीको प्रयोगले ग्रीसमा भएको तस्करलाई फोन गरेर ड्राइभरलाई गाडी रोक्न लगाउ नत्र हामी मर्न आट्यौं भन्यौं । केहीबेरमा गाडी जगंल बीचमा रोकियो, घस्रेर हामी झर्दा हाम्रा गोडाहरु नफैलने गरि खुम्चीएका थिए । शरीरको तल्लो भागमा केही थाहा हुन सक्ने संवेदनशीलता थिएन ।
ड्राइभरले अब हामी मध्ये कसैलाई चिन्दिन र आफूलाई पनि कसैले चिनेको छैन भनेर कडा शव्दमा भनें । हामीले एकअर्कालाई हेर्यौं, कालो धुँवाले हाम्रो अनुहार नचिनिने भएको थियो र हामी गनाईरहेका थियौं । झरेको १० मिनेटमा मैले थोरै गोडा चलाउन सक्ने भएं, पिसाब फेर्न सकें । लगाएका कपडालाई उल्टाएर लायौं ताकि थोरै भएपनि सफा देखिन्छ कि भनेंर । हामी कहाँ थियौं थाहा थिएन , हामी हिड्दै अघि गयौं, अगुंरका लहराहरु र खेतहरु थिए। गाँउलेहरुले हामीलाई देखेर ग्रीसमा जस्तो प्रहरीलाई खबर गरिदेलान् भन्ने भय पनि थियो । मलाई थोरै अँग्रेजी आउँछ, मैले गाँउलेहरुसंग कुरा गरें । हामीले २४ घण्टा देखि केही खाएका र पिएका थिएनौं । ईटालीका मान्छेहरु दयालु रहेछन् , उनीहरुले हाम्रो ढाड थपथपाए अनि खान पनि दिए । धुँवा जस्तै कालो कफि दिए, हामी धुँवाको कालो सम्झदैं कफि पिउन थाल्यौं, थाकेका थियौं तर हर्ष थियो । हाम्रो नयाँ जूनी । 

यस वास्तविक कथा सिरियन नागरीक साईदले भनेका हुन् । उनले यस कथा बीबीसी वल्र्डका कर्मचारीडानियल सिल्वास एडाम्सन र म्यादमख एकबिक लाई भनेका हुन् । यस आलेखमा भएको फोटोमा तिनै साईद आफ्ना दुई जुम्ल्याहा छोरी र नयाँ छोरीका साथमा देखिन्छन् । 

अहिले सिरियाका घटनाक्रम अनि त्यहाँका बालबालिकाका अवस्थाहरु बारे समग्र विश्वमै आवाजहरु उठ्न थालेका छन् । सामाजिक सञ्जाल लगायत मीडियाहरुमा पनि सिरियाका कुराहरु छन् । यस्ता धेरै पिताहरु छो्रीहरुको भविष्का लागि सिरियाबाट अन्य देश जोखिम मोलेर पुगेका छन् । यस डायरीका कथा आजलाई यति नै, अर्को जिवन्त अनि यथार्थ कथा लिएर फेरि आउनेछौं ।



हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.