जेलमा हुँदा पनि मैले जानेको मार्शल आर्ट धेरै जना कैदीलाई सिकाए अनि आशबी नाम गरेका मेरा एकजना साथीले त्यस्को बदलामा मलाई पढ्न र लेख्न सिकाइदिएका हुन्, उनि प्रति म सधैँ कृतज्ञ रहनेछु । हामी दुबै धेरै मिल्ने साथी थियौ तर आशबी सन् १९८० मा जेलबाट छुटेपछि म एक्लो भए ।
एउटा प्रहरीको हत्या अभियोगमा ४४ वर्षको जेल जीवन बिताएका उतिस जनसनसंग उनको जेल पछिको संसार र सार्वजनिक जीवनबारे अलजजिरा टिभिले लिएको अन्तर्वाताको नेपाली संस्करण ।
मेरो नाम उतिस जनसन हो । म सन् १९७५ बाट २०१४ सम्म एकजना पुलिसको हत्या अभियोगमा अमेरिकामा जेल परेको थिए, त्यतिबेला म २५ बर्षको थिए । ४४ बर्षपछि जेलबाट मुक्त हुँदा मलाई एकदम खुशी र अचम्म दुवै लागिरहेको छ । सन् १९७५ मा म जेल पर्नुपूर्व को समाज अनि बजार अहिलेको जस्तो थिएन (हाँस्दै) तर अहिले धेरै कुरा बुझिनसक्नुगरि परिवर्तन भएको छ । अहिले हरेक मान्छेहरु आफै-आफैमा कुरा गर्दै पहड्छन् तर उतिबेला मान्छेहरु मान्छेसँग कुरा गर्दथे, मैले ध्यान दिएर उनिहरुतर्फ हेरे हातमा भएको फोन मार्फत उनिहरु कुरा गर्नेरहेछन् । म जेल पर्नु अगाडि पुलिस र जासुसहरुले मात्र कानमा यस्ता कुरा लाएर हिन्थे अहिले त म छक्कै परे सबैजना पुलिस जस्तो कानमा तार लगाएर हिडिरहेका । धेरैले त्यस्तो फोनलाई आईफोन भन्दा रहेछन् (हाँस्दै) मलाई त चाँहिदैन त्यस्तो फोन, मलाई जब फुर्सत हुन्छ म बाहिर पार्कमा गएर आफ्नो भगवानलाई सम्झिने गर्दछु, म पुराना धारको मान्छे पक्कै हुँला तर अब मेरो जीवनलार्इ पुराना कुराहरु सोच्ने भन्दा नयाँ मार्ग र सकारात्मक धारतर्फ लिएर जान्छु ।
सन् १९९८ सम्म मलाई मेरा दाजुभाइहरु जेलमा भेट्न आएका थिए तर त्यसपछि उनिहरु जेलमा भेट्न आउने क्रम फ्याटै बन्द भयो र आज जेलबाट छुटेर म आउदाँ न त मेरो घर छ न त परिवार नै (भावुक) शायद मलाई हत्यारा भनेर पनि भेट्न नआएको हुनसक्छ, समय बित्दै जाँदा मेरा भाइहरु व्यस्त हुँदैगए होलान तर जुन अभियोगमा मेरो जिन्दगीका अमुल्य ४४ बर्ष मबाट खोसियो, त्यो हत्या मैलै गरेकै हैन । म्यानहेटनको साई सेन्टरको भान्सामा म स्वंसेवक हुँ र मलाई मानव सेवामा धेरैनै दिलचस्पि छ । जेलबाट म जस्तै छुटेका धेरै साथीहरुलाई समाजमा पूनर्वास गराउनकालागि विभिन्न संघ संस्थाहरुमा गएर उत्प्रेरक कुराहरू बोल्न जान्छु, मस्जिदहरुमा सकारात्मक सोंच र परिवर्तनका विषयमा बोल्न बोलाउँछन, म गइदिन्छु । मलाई अमेरिकाको न्यूयोर्कमा एउटा घरवारविहीनकालागी व्यवस्थित वासस्थान या भनौ सेल्टरको स्थापना गर्न मन छ । मेरो सपना हो यो (लामो श्वाँस) जेलमा हुँदा पनि मैंले जानेको मार्शल आर्टको गुण धेरैजना कैदीलाई सिकाए अनि आशबी नाम गरेका मेरा एकजना साथीले त्यस्को बदलामा मलाई पढ्न र लेख्न सिकाइदिएका हुन् । उनिप्रति म सधैं कृतज्ञ रहनेछु । हामी दुबै धेरै मिल्ने साथी थियौ तर आशबी सन् १९८० मा जेलबाट छुटेपछि म एक्लो भए ।
जिन्दगी यस्तै रहेछ, मलाई मेरो बालपन एसबरी पार्कमा बिताएका क्षणहरु एकदमै याद छ, त्यतिबेला हाम्रो स्कूलमा अरुलाई दुःख दिने साथीहरुसँग म त्यसो नगर भनेर झगडा गर्थे । अरुलाई दुःखमा देख्न म सक्दिन तर दुःख चाँही लाग्छ जब मेरा आफन्त भनाउदाँहरुनै हराएका छन् । भएका पुराना नम्बरमा सम्पर्क गर्दा ति नम्बरहरु आउटडेटेड भइसकेका छन् । गएको ३० बर्षदेखि मैलें उनिहरुको आवाज समेत सुन्न पाएको छैन (उदास) कहिलेकाहीं त सोंच्छु कि या त म कारागारमा मरें भन्ने उनिहरुले सोचे या त मेरो माँया कारागारमैं मारे, यो अचम्म छ ।
म ज्यूँदै छुँ भनेर मात्रै पनि उनिहरुको पीडालाई कम गर्न चाहन्थे, म स्वस्थ्य छुँ र म पागल हत्यारा हैन भन्न चाहन्थे ।
जेलबाट निस्कदाँ मलाई मेरा कागजपत्रहरु अनि ४० डलर (करिब ४५०० रुपैयाँ) दिइएको थियो, आज पनि साँझको ९ बजेपछि मलाई बाहिर हिड्न पाउने अधिकार छैन ।
नोटः संयूक्त राज्य अमेरिकामा नोभेम्बर २०१५ मा ६००० जना फेडरल कैदीहरु रिहा गरिएको थियो । बाराक ओबामा को दोश्रो कार्यकालमा यस्ता कैदीहरु रिहागर्ने कार्यक्रम गरिरहिएको छ र उनको नेतृत्वको सरकारले यस्ता कैदीहरुलाई पूनः समाजमा फर्काउन शिक्षा, रोजगारी, घरवास आदि बिषयमा तालिम दिन जोड गरेको छ । ओबामाका अनुसार सकारात्मक परिवर्तनलाई कहिले ढिला हुँदैन र आफूले गरेको अपराधको सजाय पाएका कैदीहरुलाई राज्यले केही सहयोग गर्दा सहि पथमा फर्किन्छन भने उनिहरुलाई मौका दिनुपर्छ भनेका छन् ।
तस्विरहरू उतिस को ट्वीटर र अलजजिराको इन्टरभ्यू दाैरान स्क्रिनसटहरूबाट संकलित गरिएका हुन ।