अफ्गानीस्तानको बारेमा हामीलाई धेरै कुराहरु थाहा छ जसमध्यमा त्यहाँ भएको युद्ध, अपराध अनि हत्या हिंसाका कुराहरु हाम्रो मानसपटलमा प्रथम पटक आँउदछ । आज हामी अफ्गानी कविका कविताहरु लिएर आएका छौ , यी कविको नाम हो मतिउल्लाह तुराव ।
पेशाले मतिउल्लाह तुराव एउटा धातु व्यवसायी हुन्, धातुका टुक्राहरुलाई नयाँ नयाँ आकार र प्रकार दिन्छन् यिनीले । उनका अनुसार कविको कार्य केवल प्रेम या फूलका बारेमा मात्र लेख्नु हैन बरु समाज र मान्छेका पिडाहरुलाई मैलै आकार दिनेगर्दछु, उनले भने ।
यो पनि हेर्नुहोस् : जब निर्जिव लाशहरु कला बन्दछन्
जसरी मैले यी फलामका पाताहरुलाई आकार दिन्छु त्यसै गरि समाजका पिडाहरुको शाब्दिक आकार पनि दिनेगर्दछु, उनी भन्दछन् । ४४ वर्षका यि कविले पिडा दिने र पिडा पाउने दुबैका पक्षमा लेख्ने गरेका छन् ।
यूद्धको कविता
यूद्ध अब व्यापार बन्न पुगेछ
टाउकाहरु बेचिएछन
यसरी बेचे कि जस्तै टाउकोको तौल कपास जत्ति पनि छैन
र तौलने ठाँउमा निर्णायकहरु बसेका छन्
निर्णयकहरु पहिले
रगतको स्वाद लिन्छन र मात्र मुल्य निर्धारण गर्दछन्
पास्तो भाषामा यिनले कविताहरु लेख्दछन र वास्तवमै यिनको कवितामा भाव छ अनि पिडा पनि ।
जनसाधारणलाई शान्ति अनि सुव्यबस्थाको वकालत गर्दै यिनका कविताले भ्रष्टाचार विरुद्धका आवाज पनि उठाउने गरेका छन् ।
झण्डा बोक्नेहरुलाई यिनको कविता
ए संसारमा झण्डा बोकेर हिँड्नेहरु
सुरक्षाका नाममा तिमीहरुले हामीलाई धेरै दुख्ख दियौ
तिमीहरु शान्ति र सुरक्षाका कुरा गर्दै
बन्दुक र बारुद बाँड्दै हिँडेका छौ
यिनको विचारमा अफगानिस्तानमा कुनै पनि राम्रा राजनितिज्ञ छैनन् र भएकाहरुलाई जनताको समर्थन पनि छैन् । सरकारी कर्मचारीहरुले आफ्नो कमिजको खल्ती नसिलाएसम्म सुव्यबस्था कायम हुँदैन, यिनको भनाई छ ।
राष्ट्रपती हमिद कारजाईले समेत कविता सुनाउन उनलाई काबुल बोलाएका छन् । मैले कवितामा राष्ट्रपतीकै पनि खण्डन गरे तथापी किन हो उन्लाई मेरो कविता मनपर्यो ? उनी सोच्दछन् । अफगानिस्तानको नानगरहर प्रान्तमा ४४ वर्षअघि जन्मिएका यि कवि आफ्ना यूवाकालमा पाकिस्तान पनि बसेका छन् ।
मारिएका मान्छे अनि मरेको स्वतन्त्रताकालागि उनले यस्तो कविता लेखेका छन्
मानव खोपडी र दासताले भरिएको चिहान
पृथ्वीलाई चिरेर बाहिर आउ
तिम्रा रगतले मलाई तनाव दिइरहिएको छ
र तिमी केही कुमारी केटिहरु पाउने लालसाको नशामा मर्न पुग्यौ
माथिको कविताले आत्मघाती बम विष्फोट गराउने यूवावर्ग अनि उनिहरुको मृत्यू पश्चात कुमारी केटि भोग गर्न पाउने फगत सपनालाई संबोधन गरेको छ ।
उनका कविताहरु स्वदेश, विदेश लगायत न्यूयोर्क टाइम्सले पनि छापेको छ । प्रथम पटक पास्तो भाषावाट आफ्गानी हुँदै अग्रेजी भाषामा रुपान्तरण गरिएका यी कविताका पिडाहरु सरल नेपाली भाषामा , केवल हाम्रो पात्रो मार्फत ।
विश्वमाला हेदै गर्नुहोला है
सुयोग ढकाल
Liked by: