मुहम्मद जयसि मलिकको कृती पदमावतीमा के छ ? | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / विश्वमाला

मुहम्मद जयसि मलिकको कृती पदमावतीमा के छ ?




दिल्लीका सुल्तानले सन् १३०६ मा चित्तोरमा आक्रमण गरेका हुन भने उन्को मृत्यू भने सनु १३१६ मा भएको हो । अनि रोचक कुरा त के हो भने सन् १५४० मा मलिक ले पध्मावत लेखेका हुन् । इतिहास संगको तालमेल लगभग २०० बर्षपछि लेखिएको पध्मावतमा के कत्तिको छ, त्यो भने सहजै अड्कल काट्न अफ्ठेरो कुरा हो ।



इतिहासको देश अनि भाषा हुँदैन्, यो त साझा सम्पती हो । महाभारत, रामायण यस्ता साझा इतिहासका उदहारणहरु हुन् जसमा नेपाल, भारत लगायत दक्षिण एसियाली अनि एसियाली प्रशान्त महासागर तटका धेरै देशहरुका सभ्यता अनि सस्कार निर्भर गर्दछन् । यस्तै इतिहासलाई खनेर चलचित्र बनाउने चलन अहिले बिश्वमा झनै चर्चामा भएको चलन हो, भारतमा चलचित्रकर्मी सञ्जय लिला भन्सालीले यस्तै एउटा इतिहासमा आधारित चलचित्रको निर्माण मात्र के गरे ? भारतीय भूमिमा एउटा द्धन्दको मुल फुट्न पुगेको छ ।

आखिर पदमावती इतिहास नै हो त ?
यो प्रश्न पनि बडो उल्लेखनिय छ । एतिहासिक परिपेक्ष्य बोकेकी अलौकीक राम्री रानी पदमावती कुनै बास्तविक चरित्र नभईकन एकजना कवीको कलमबाट कोरिएकी चरित्र मात्र पनि हुन सक्छिन् ।
केहीका अनुसार राजा रतन सेनसंग तरवार यूद्धमा हारेर रानी पदमावती रतन सेनकी रानी बनेर बसेकी पात्र हुन् ।
जे हुन मध्यकालिन सुफी कवी मलिक मुहम्मद जयसीको रचना पध्मावत नै पदमावतीको चरित्र व्याख्याको मुख्य बिन्दु हो । मध्यकालमा तुलसीदास्, सुरदास अनि कविर जस्ता धेरै काव्यात्मक व्यक्तित्व पाएको भारतबर्षमा मलिक मुहम्मद पनि तिनै मध्य एकजना बहुचर्चित सर्जक हुन् ।
चित्तोर कि रानी पदमावती र दिल्लीका सुल्तान अल्लादिन खिल्जी बीचको कथा नै पध्मावत हो । दिल्लीका सुल्तानले सन् १३०६ मा चित्तोरमा आक्रमण गरेका हुन भने उन्को मृत्यू भने सनु १३१६ मा भएको हो । अनि रोचक कुरा त के हो भने सन् १५४० मा मलिक ले पध्मावत लेखेका हुन् । इतिहास संगको तालमेल लगभग २०० बर्षपछि लेखिएको पध्मावतमा के कत्तिको छ, त्यो भने सहजै अड्कल काट्न अफ्ठेरो कुरा हो । २४४ बर्षपछि अनि लगभग ६५० किमी वरपर रहेका कवी जयसी अनि दिल्लीका सुल्तान खिल्जीबीचको तालमेलमा इतिहास कहाँ पिल्सीएको छ, चलचित्रमा के कुरा राखियो अनि राखिएन भन्ने चाँही बुझ्न अनि बुझाउन अफ्ठेरै कुरा हो । तुलसीदासका कृतीहरु रामचरित्रदास झैं अवधी भाषामा पत्तमावत पनि उत्तिकै चर्चित र घरघरको कहानीका रुपमा बर्षौ देखि भनिन्दै अनि मनन गरिँदै आएको छ । सुन्दरता अनि त्यागको मुर्तीका रुपमा पदमावतीलाई लिइन्छ ।

मुहम्मद जयसि मलिकको कृती पदमावतीमा के छ ?

अहिलेको श्रिलंका भएको देशको राजकुमारी पदमावतीको एउटा बोल्न सक्ने सुंगा हुन्छ, हिरामन । ति राजकुमारीको सुन्दरता अभूतपूर्व हुन्छ । आफ्नो सुन्दरताका कारणले बिश्वसुबिख्यात रानी पदमावतीको जिवन वरिपरि जयसिले कृती उक्काएका छन् । पदमावतीका बुवा राजा गन्धर्वसेनले त्यस सुँगा संग छोरीको मित्रता मननपराएर सुँगालाई मार्ने आदेश दिन्छन् । यसरी मारिन आँटेको बोल्न सक्ने सुँगा हिरामन भागेर जान्छ । चरा समात्ने एकजना व्यापारीले हिरामनलाई समातेर चित्तोरका राजा रत्नसेनलाई बेचिदिन्छन् । यसै बोल्न सक्ने सुँगाले राजा रत्नसेनलाई रानी पदमावतीको सुन्दरता व्याख्या गर्दछ, रानीको सुन्दरतावाट पुलकित राजाले आफ्ना १६ हजार सैनिकका साथमा पदमावतीको देश भ्रमण गर्दछन् । यसरी राजा रत्नसेनको भ्रमणका पछाडि बिभिन्न घटना परिघटना घट्दछन्, राजा स्वयमलाई नै गन्धर्वसेनले बन्दी बनाँउदछन् तथापि अन्तमा गएर गन्धर्व सेन स्वयमले छोरीको बिवाह रत्नसेनसंग गरिदिन्छन् । आफ्नो देश चित्तोरमा पहिलो रानी नागमती अनि नयाँ रानी पदमावतीलाई सन्तुलन मा राख्न रत्नसेनलाई हम्मे हम्मे पर्दछ । यसैक्रममा जेठी रानीलाई खुशी पार्न रत्नसेनले कान्छी रानीसंग अत्यन्त निकट एकजना ब्राह्मण राघव चेतनलाई देश निकाला गरिदिन्छन् । यिनै ब्राह्मणले गएर दिल्लीका सुल्तानलाई रानी पदमावतीको सुन्दरता व्याख्या गरेपछि चित्तोरमा दिल्लीका सुल्तान खिल्जीले रानीका खातिर आक्रमण गर्दछन् ।
कृतीमा सुल्तान र पदमावतीको भेट भएको कहि कतै उल्लेख छैन तथापि राजा रत्नसेन बाहिर भएको बेला कुल्भाल्नेर देवपालका राजाले पदमावतीलाई बिवाहको प्रस्ताव राख्दछन् । रत्नसेन फर्केर आएपछि देवपालसंग यूद्ध गर्दछन् र यसै यूद्धका क्रममा देवपाल र रत्नसेन दुबैको मृत्यू हुन्छ ।
रानी पदमावती र नागमती दुबै जना रत्नसेनको शव संगै सती जान्छन् । केही समयमा दिल्लीका सुल्तान खिल्जी ठूलो फौजका साथ चित्तोरमा आक्रमण गर्न जान्छन्, यस खबरले चित्तोरका महिलाहरु सबैले जलेर आत्मदाह गर्दछन । अन्तमा जयसिले एउटा व्यगं गर्दै कृती पध्मावत सकाएका छन्, भारतबर्षक भयंकर मध्य एक शाषक खिल्जीले चित्तोरको ईटा र माटोमाथि त बिजय प्राप्त गर्दछन् तर चित्तोरकी रानी पदमावतीको एक भेट पनि यिनले पाँउदैनन भन्छन् । अब सन्जय लिला भन्सालीले यस कुराहरु चलचित्रमा कसरी राखेका छन् त्यो भने हामी यहाँ उक्काउन चाहदैनौं । तर कवीको कृतीमाथि बनेको चलचित्र अनि त्यसमा राजपुत र मुसलमानको छवीका लागि गरिएको आन्दोलन र राजनिती कत्तिको जायज छ ? त्यो भने दर्शक अनि पाठकलाई खुल्ला प्रश्न ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.