जेरुसलेम समबन्धीत धेरै सोधिएका प्रश्न अनि उत्तरहरु | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

जेरुसलेम समबन्धीत धेरै सोधिएका प्रश्न अनि उत्तरहरु




अमेरिकाले कहिल्यै पनि जेरुसलेममा दुतावास राखेको छैन् । अहिले पनि अमेरिकी दुतावास तेल अबीबमा छ र राजदुत त्यसभन्दा ३० किमी उत्तरमा हर्जलिया पिताउच भन्ने ठाँउमा बस्दछन् । इज्रेलले अमेरिकाको दुतावासका लागि सन् १९८९ मा जेरुसलेममा ९९ बर्षका लागि जग्गाको टुक्रा प्रतिबर्ष केवल १ डलरमा भाडामा लिएको थियो । यो जग्गाको टुक्रा आज २८ बर्षपछि पनि उस्तै छ ।



सन् १९४७ को संयूक्त राष्ट्रसंघीय योजना मुताबिक जेरुसलेमलाई एउटा स्वतन्त्र शहर घोषणा गरिने अनुमान गरिएको थियो । तर त्यसको १ बर्षपछि ईज्रेलको स्वतन्त्रता घोषणा पछि जेरुसलेमको स्वतन्त्र शहरको घोषणा त्यसै तुहिएर गयो र जेरुसलेम शहर बिभाजीत भयो । सन् १९४९ मा हरियो मसीले शहरलाई बिभाजन रेखाले बाँढियो जसलाई अहिलेपनि हरियो लाइन नै भनिन्छ । पश्चिमी भाग इज्रेलको नियन्त्रणमा अनि पूर्वी जोर्डन नियन्त्रणमा । सन् १९६७ को यूद्धमा इज्रेलले पूर्वी जेरुसलेम पनि ६ दिनको यूद्ध पश्चात कब्जा गर्यो । जेरुसलेमलाई अहिले आएर प्यालेसटाइनले आफ्नो भूभाग दावी गर्दछ भने इज्रेलले आफ्नो र यसै घनघोर बैमनस्यता बिच अमेरिकी राष्ट्रपती ट्रम्पले सन् २०१७ डिसेम्बर ६ मा इज्रेलको राजधानी जेरुसलेम भएको र अब अमेरिकी दुतावास पनि तेल अबीबबाट जेरुसलेममा सार्ने निर्णय समेत गरेका छन् । अब त जेरुसलेमको बिवाद झन चुलीमै पुगेको छ । डिसेम्बर १५ सम्म ५ जना प्यालेस्टाइनी आन्दोलनकारी हरु मारिइसकेका छन भने हजारौ घाइते छन् । सडकमा अमेरिकी निर्णयको बिरुद्ध हजारौं आन्दोलनकारीहरु उत्रिएका छन् । स्तानाबुल, जर्काता, कराँची, शिकागो अनि टोकीयो सम्म यी बिरोध र्याली र प्रदर्शनहरु भइरहेका छन् । यी प्रदर्शन र बिरोधमा अमेरिकी राष्ट्रपती बिरुद्ध नारावाजी हुने गरेका छन भने जेरुसलेम प्यालेस्टाइनको भन्ने नाराहरु पनि सुनिन्छन् । 
डिसेम्बर १४ सन् ०१७ बाट इज्रेलले भयंकर मिसाइल, रकेट, लन्चर आदि हमास आतंककारीको निशानालाई केन्द्रबिन्दु बनाएर प्रहार गरेको छ । 

जेरुसलेम किन महत्वपूर्ण छ ? 

बिश्वका ३ वटा ठूला अब्राहामीक धर्महरु क्रिस्चियन, मुसलमान अनि जुडीस्म अर्थात यहुदीधर्मको पनि धार्मीक केन्द्रबिन्दु यहि शहर भएकाले यस शहर संवेदनशील र महत्वपूर्ण छ । ईशापूर्व १८०० मा अब्राहामले आफ्ना पुत्र इशाकको झण्डै बलिदान दिएका र सो नगर्नका लागि भगवान स्ययम आएर जेरुसलेमकै धर्तीमा भन्नुभएको बिश्वास गरिन्छ । यसअर्थमा ईस्लाम, जुडीस्म अनि क्रिस्चियन ३ वटै धर्ममा जेरुसलेमलाई बाचा गरिएको धर्तीक रुपमा लिइन्छ । बाईबल समयमा पनि जेरुसलेममा जान नसक्नेहरुले प्रार्थना गर्दा जेरुसलेम तर्फ फर्केर गर्दा भगवानले प्रार्थना सुन्ने बिश्वास रहेको पाइन्छ । यहुदीहरुले पनि कहिकतै बिदा हुनुपरेमा बिश्वको जुनै कुनामा भएपनि अर्को बर्ष जेरुसलेममा भेटौला भन्ने चलन शदियौं देखि छ । 

जेरुसलेममा को बस्दछन् ? 
लगभग ८ लाख ५० हजार जना जेरुसलेममा बस्दछन् । यिनमा ३७ प्रतिशत अरबी छन् भने ६१ प्रतिशत यहुदी छन् । यी डाटाहरु हामीले इन्डीपेन्डेन्ट थीकं ट्याकं जेरुसलेम इन्सटिट्यूटबाट साभार गरेका हौ । यहुदी जनसख्याँमा करिब २ लाख कडा अर्थोडक्स यहुदीहरु छन भने बाँकी धर्म निरपेक्ष अनि मध्यमधारका यहुदीहरु हुन् । बाँकी अरबी जनसख्याँमा ९४ प्रतिशत मुसलमान र ६ प्रतिशत क्रिस्चियनहरु छन् । 

के आजसम्म कुनै अरु देशको जेरुसलेममा दुतावास थियो ? 
सन् १९८० सम्मको इतिहासमा केही देशहरुले दुतावास जेरुसलेममा राखेका थिए तर संयूक्त राष्ट्रसंघले इज्रेललाई पूर्वी जेरुसलेममा अन्तराष्ट्रिय नियमको अपहेलनाको आरोप लगाएपछि जेरुसलेमबाट दुतावासहरु हटाइन थाले । एल साल्भाडोर र कोस्टारीका भने जेरुसलेमबाट सबैभन्दा पछि अर्थात सन् २००६ मा मात्र आफ्ना दुतावास हटाउने देशहरु हुन् । त्यहाँवाट हटेका देशहरुले आफ्ना दुतावास तेलअबीबमा खोलेका हुन् । तेलअबीबमा अहिले ८६ वटा देशका दुतावास छन् भने जेरुसलेममा कुनै पनि देशको दुतावास छैन् । 

ट्रम्प आउनुअघि जेरुसलेम बिषयमा अमेरिका कुन धारमा थियो ? 
अमेरिकाले कहिल्यै पनि जेरुसलेममा दुतावास राखेको छैन् । अहिले पनि अमेरिकी दुतावास तेल अबीबमा छ र राजदुत त्यसभन्दा ३० किमी उत्तरमा हर्जलिया पिताउच भन्ने ठाँउमा बस्दछन् । 
इज्रेलले अमेरिकाको दुतावासका लागि सन् १९८९ मा जेरुसलेममा ९९ बर्षका लागि जग्गाको टुक्रा प्रतिबर्ष केवल १ डलरमा भाडामा लिएको थियो । यो जग्गाको टुक्रा आज २८ बर्षपछि पनि उस्तै छ । 

यहुदीका लागि किन महत्वपूर्ण छ जेरुसलेम? 
ईशापूर्व ५८६ मा बेबीलोनीयन्सहरुले जेरुसलेम शहरनै ध्वस्त पारेकामा रोमनहरुले पून यस शहर बनाएका हुन् । २००० बर्ष दुशनिकाला भएका यहुदीहरुले हजारौं बर्षसम्म जेरुसलेमलाई पुस्तौंपुस्ताको हृदयमा राखेका हुन्, यस्तै रितले यहुदीहरुको अथक प्रयासले नै सन् १९४८ मा नयाँ यहुदी राष्ट्रका रुपमा इज्रेल घोषणा भएको हो । 

क्रिस्चियनका लागि किन महत्वपूर्ण छ जेरुसलेम? 
यता क्रिस्चियनहरुमा पनि बेथलेहम जिससको जन्मथलो हो भने नजारेथमा जिसस हुर्किएका हुन् । लियोनार्दो दा भिन्जील्े चित्रण गर्न खोजेका लास्ट सपर अर्थात अन्तिम रात्रिभोज पनि जिसस पक्राउ पर्न अघि जेरुसलेममै भएको तथ्य छ । 

ईस्लामका लागि किन महत्वपूर्ण छ जेरुसलेम? 
अरबी भाषामा जेरुसलेमको अर्थ पवित्र शहर हुन्छ, ईस्लाम प्रार्थनाको पनि दिशा पनि जेरुसलेम नै हो र पछि गएर मक्का तर्फ हेरेर प्रार्थना गर्ने चलन शुरु भएको हो । ईस्लामलाई अब्राहम परिवारको धर्मको निरन्तरताका रुपमा लिइन्छ र अब्राहम परिवारका सम्पूर्ण धर्मको धरोहर नै जेरुसलेम शहर हो । ईस्लामीक शाषकहरुले जेरुसलेममा १२ सय बर्ष शाषन गरेका हुन् । ईस्लामको मुख्य तिर्थस्थल मध्य एक सोलोमनको मन्दिर पनि जेरुसलेममै रहेको छ । ईस्लाम परम्परामा मोहम्मदले मक्काबाट जेरुसलेमसम्म यात्रा सकाएरसात स्वर्गतर्फ यात्रा तय गर्नुभएको हो । 
जेरुसलेमको बिवाद आजकोे बिश्वको सबैभन्दा ठूलो अनि जोखिमपूर्ण बिवाद हो । अब अमेरिका पनि यस बिवादमा प्रत्यक्ष रुपमा तानिएको छ, अब इज्रेल र प्यालेस्टाइनको जेरुसलेम बिवाद सिमा बाहिर गएको छ । भौगोलिक भन्दा पनि धार्मीक अनि पहिचानको यूद्ध भएको छ । 
शिघ्रानुशिघ्र यस समस्याले हल पाओस् । 

हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.