टेगोर - सन् १८६१ देखि १९४१)_ संसारका पहिला यस्ता व्यक्ति हुन जो सर्वप्रथम गैरअंग्रेज नोबल साहित्य पुरस्कारका बिजेता हुन् । अर्कोतर्फ भारत र बगंलादेश दुबैदेशको राष्ट्रगान लेख्ने एकजना साहित्यीक हस्ती, संसारले शब्द र भावका लागि पुज्ने व्यक्ति हुन रबिन्द्रनाथ टेगोर ।
बंगाली, हिन्दी , अँग्रेजी र उर्दुमा समेत यिनको व्यापक शाब्दिक जादु छ, आउनुहोस यिनै टेगोरको बाल कविताको सरल नेपाली रुपान्तरण केवल हाम्रो पात्रोमा । यो कविता एउटा आमा र बच्चा बिचको अभिव्यक्ति हो है ।
आमा
उ त्यो बादलमा बस्ने मेरो साथीले मलाई खेल्न बोलायो
हामी अब झमक्क साँझ नपरुन्जेलसम्म खेल्ने गर्दछौ
त्यो सुनौलो गोंधुली साँझ र चाँदीको रंग जस्तो चन्द्रमा आकाशमा नआउन्जेल
हामी खेलिरहन्छौ नि
मैले सोधे नि उस्लाई तिमीभएजस्तै माथि कसरी म पनि आउने भनेंर
उसले भन्यो
तिमी पृथ्वीको एउटा कुनोसम्म आउ अनि आएर हात माथि उठाऊ आकाशतर्फ
अनि मलाई आकाशमा तानिन्छ रे
मैले त भन्दिए नि आमा
मेरी आमा घरमा एक्लै मलाई कुरेर बसिरहेकि छिन्, म कसरी उनलाई छाडेर आउन सक्छु भनेंर <
त्यसपछि त्यो बादल र तिनका साथिहरु तैरिएर पर गए
तर आमा मलाई त्यो भन्दा गज्जबको खेल थाहा थियो
म बरु बादल बन्छु र तिमी चन्द्रमा बन न
दुबै हातले म तिमीलाई समात्छु र हाम्रो घरको छाना निलो आकाश हुनेछ
अनि मेरो छालमा बस्ने साथिले मलाई बोलायो , बुझ्यौ आमा
उसँग म बिहान देखि बेलुकासम्म गीत गाँउथे
दिनभरि हामी समुन्द्रमा यात्रा गर्यौ र कति ठाँउ पुग्यौ हामीलाई पत्तो सम्म भएन
मैले छाललाई सोधें , म कसरी तिमीजस्तै तैरिन र छालिएर समुन्द्रमा आउन सक्छु भनि
उसले भन्यो कि
समुन्द्र किनारमा आएर आँखा सोझो हेरेर उभिराख्, तिमी छालसँगै र जस्तै हुनेछौ भनि
मैले त भन्दिए नि आमा
मेरी आमा घरमा एक्लै मलाई कुरेर बसिरहेकि छिन्, म कसरी उनलाई छाडेर आउन सक्छु भनेंर <
मेरो कुरा सुनेर उनिहरु मुस्काए, नाचे र हिंडे
तर आमा मलाई त्यो भन्दा गज्जबको खेल थाहा थियो
म अब छालहरु हुन्छु र तिमी अचम्मको किनारा बन न <
म तैरिँदै आएर तिम्रो किनाररुपी काखमा बजारिन्छु
र संसारमा कसैलाई पत्तो पनि हुँदैन हामी कहाँ छौं भनेंर <
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: