
अहिले आएर परिवेश क्यारम बोर्डमा अर्को गोटी हानेर रानी लाई दुलोमा छिराएको जस्तो भएको छ । यसरी अर्को गोटी प्रयोग गरेर कदम चाल्नुलाई यूद्धको भाषामा प्रोक्सी वार भनिन्छ, सिरिया, लविया, ईराक, अफगानीस्तान अनि उत्तर कोरिया कतै यस्तै प्रोक्सी वारका शिकार त हैनन ?
अमेरिका र उत्तर कोरियाबीचको परमाणविक प्रर्दशनले बिश्वलाई तेश्रो बिश्वयूद्धको संघारमा लाने सबैले अड्कल काटिरहेका छन्, अमेरिकी राष्ट्रपतीका कडा कदमहरु अनि उत्तर कोरियाली शक्तिप्रदर्शन अनि त्यसमाथी उत्तर कोरियाका प्रत्यक्ष र परोक्ष सहयोगी देशहरु ।
के बिश्व अब बिश्वयूद्धको लागि ध्रुविकृत हुन थालेकै हो त ?