
द गार्जियन अनलाइन समाचार लेख्छ, राष्ट्रपति ट्रम्पको इतिहास पढ्ने बानी छैन । अझ भन्नपर्दा उनको पढ्ने नै बानी छैन । उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्ने भनिरहँदा अमेरिकाले आफ्नो आणविक कार्यक्रम बन्द गनुपर्ने भन्ने उत्तर कोरियाको मागबारे ट्रम्प अनभिज्ञ रहेको द गार्जियन लेख्छ । अमेरिकाले यसअघि पनि यो शर्त मानेको छैन भने भविष्यमा पनि मान्नेमा देखिन्न ।
गत नोभेम्बरमा किमले उत्तर कोरियासँग अमेरिकाको कुनै पनि ठाउँसम्म पुग्न सक्ने मिसाइल अब उत्तर कोरियासँग रहेको बताएका थिए । उनको यो अभिव्यक्तिका कारण पनि अहिलेको एकाएकको प्रतिबद्धतामाथि अमेरिकीहरु सशंकित भएका हुन् । शान्तिकोलागि अमेरिकाले कुनै कदम नै नचालेको अवस्थामा पनि उत्तर कोरियाले वर्षौंदेखिको त्याग र परिक्षणलाई यति सजिलै कसरी त्याग्न सक्छ भन्ने कौतुहलता पनि उब्जिएको छ ।