स्मार्त र वैष्णव धार भनेको के हो ?
स्मार्त
स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।
"वैष्णव"
वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्।वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ ।
स्मार्त एकादशीको अर्थ
स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ।अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ ।
अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ ।
भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।
अजा एकादशी व्रतकथा
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।
सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।
राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
सबैलाई शुभकामना ।
विश्व आणविक परिक्षण विरुद्धको दिवस
विश्व आणविक परीक्षण विरुद्धको दिवसको पृष्ठभूमि
सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६४ औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन सुरु गरेको हो ।
राष्ट्र सङ्घको ६४ औँ महासभाको ३५औँ घोषणापत्रमा सन् १९४५ १६ जुलाई पश्चात् २००० भन्दा पनि बढी आणविक हतियारहरू परीक्षण भइसकेको उल्लेख गर्दै मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्न हरेक प्रकारको प्रयास गर्नुपर्छ भनेर तोके बमोजिम नै यस दिवसको सुरुवात भएको हो ।
हतियारले सिमाना कहाँ बुझ्छ र ?
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौँ । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरूलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र ? समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हुन सक्दछ ।
कृष्ण, आइन्सटाइन र ओपनहाइमर
भागवत गीतामा कृष्णको वाक्य सापट लिँदै उनले अब म मृत्यु भने, स जगको विनाशको कारण भएँ भनेका थिए । आणविक हतियार बनाएपछि स्वयं त्यसका सर्जकहरू नै पनि पछुतो मानेको तथ्य त आइन्स्टाइन र ओपनहाइमरको भनाइ वाट नै स्पष्ट छ ।विकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरी आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व विकासको यो पृष्ठभूमिलाई अनि सभ्यताको यो उचाइलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान् वैज्ञानिक आइन्स्टाइनले ?
आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा
आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको आधूनिकिकरणको अभ्यास सङ्गै घोडा, हात्तीको सवार गरी तरबार, धनुष वाण तथा ढालबाट युद्धहरू लड्न सुरु गरेको विश्वले क्रमैसँग बन्दुक, गोला, हवाई जहाज हुँदै आणविक हातहतियारका माध्यमले युद्ध लड्न थालेको इतिहास छ । दोस्रो विश्वयुद्धमै पनि जापानको हिरोसिमा र नागासाकीमा क्रूर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयुद्धले पूर्णविराम पाएको हो । स्मरण रहोस् हिरोसिमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरू उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका विकिरणका कारण विभिन्न स्वास्थ्यलगायतका समस्या र दीर्घकालीन असरहरू अझै पनि छँदै छन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधारणको दुःखद मृत्यु भएको थियो ।
सन् २०२४ मा यस दिवसका लागि संयूक्त राष्ट्रसंघले बिशेष नारा अहिलेसम्म तय गरेको पाइएको छैन यद्धपि यस दिवसको उदेश्य भनेको चाँही परमाणु हतियार को तठस्तता र न्यूनतम प्रयोग गर्ने गराउने मा नै केन्द्रित छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: