International Mother Language Dayy | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

अन्तर्राष्ट्रिय मातृभाषा दिवस




अन्तर्राष्ट्रिय मातृभाषा दिवस विशेष अडियो सामग्री

पृष्ठभूमि
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को सम्भावित विषयवस्तु "Make Languages Count for Sustainable Development" "दिर्घकालिन विकासका लागि भाषाहरूलाई महत्त्व दिऔं" रहनेछ । यस वर्षको दिवस २५औं वार्षिकोत्सवको रुपमा मनाइने भएकाले यसले भाषागत विविधता र बहुभाषिकताको महत्त्वलाई उजागर गर्दै विश्वव्यापी विकास लक्ष्य हासिल गर्न यसको योगदानलाई जोड दिनेछ।

नेपालमा बोलिने भाषाहरू
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।
यसअघि भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो ।

सबै भाषाको रक्षा र संवर्द्धनमा सरोकारवालाको ध्यान पुगोस्, अर्थपूर्ण शुभकामना ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.