विश्व खाद्य दिवसको स्थापना
संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्न कालागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।
जलवायु परिवर्तन र खाद्यान्न
विश्व खाद्यान्न तथा कृषि सङ्गठन एफ.ए.ओ. का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्यान्न सङ्कट नै हो । स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र बिस्तारै रैथाने बिउ विजन लोप हुँदै जानू २१ औ शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।
सन् २०२४ को नारा
“Right to foods for a better life and a better future.” राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने अर्थ लाग्दछ ।
विश्वकै इतिहास हेर्ने हो भनेँ पनि दोस्रो विश्वयुद्ध पछिको समयमा खाद्यान्न खोजीमा लाखौँ मान्छेहरू एक ठाँउवाट अर्को ठाउँमा अनि एउटा देश वाट अर्कोमा बसाई सरेको देखिन्छ, बसाँईसराई र खाद्यान्नको सुरक्षा एउटा गहन सम्बन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाउँमा बसाई सर्दा आगमन बिन्दुमा भएको सीमित खाद्यान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाद्यान्न सङ्कट विकसित ठाउँमा झन् धेरै हुने सम्भावना छ ।
कोजाग्रत व्रत
कोजाग्रत पूर्णिमा
आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर अनि जमराहरूलाई सेलाउने चलन छ ।
कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लँदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।
तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एक प्रकारको जूवा जस्तै हो, साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनेँ बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ, यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।
यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् । दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: