महालक्ष्मी व्रतारम्भ | विश्व आत्महत्या रोकथाम दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

महालक्ष्मी व्रतारम्भ | विश्व आत्महत्या रोकथाम दिवस




महालक्ष्मी व्रतआरम्भ विशेष अडियो सामग्री

महालक्ष्मी व्रतारम्भ
क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा।
व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।।


अर्थात क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र बिष्णु बल्लभा, मैले गरेको यस व्रतवाट सन्तुष्ट हुनुहोस् ।

भाद्रपदको शुक्ल अष्टमी
आज भाद्रपदको शुक्ल अष्टमी, अर्थात अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारम्भ हुँदैछ, यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखलामा सबैलाई स्वागत छ ।

१६ दिनको अर्चना
यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो । कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।

दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।

करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।


अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् ।

विश्व आत्महत्या रोकथाम दिवस



पुष्ठभूमि

विश्व आत्महत्या रोकथाम दिवस (WSPD), हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ। घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने अनुमान गरेको छ र विश्वव्यापी आत्महत्यामध्ये लगभग ७७% निम्न र मध्यम आय भएका देशहरू (LMICs) मा हुन्छन्। प्रत्येक आत्महत्याको लागि आत्महत्याको प्रयास गर्ने वा गम्भीर आत्महत्या गर्ने विचार गर्नेहरू धेरै छन्। आत्महत्याको व्यवहारले परिवार र समुदायलाई गहिरो प्रभाव पार्छ र लाखौँ प्रभावित भएकाले विश्वव्यापी चुनौती बनेको छ। आत्महत्या मृत्युदर घटाउनु विश्वव्यापी महत्त्व र सार्वजनिक स्वास्थ्य विचारको अत्यावश्यक छ। विश्वमा हुने हरेक १०० मृत्युमध्ये एक जना आत्महत्याको परिणाम हो। यसले हामी सबैलाई असर गर्न सक्छ। प्रत्येक र हरेक आत्महत्या विनाशकारी छ र वरपरका मानिसहरूमा गहिरो प्रभाव पार्छ। यद्यपि, चेतना बढाएर, आत्महत्याको वरिपरिको कलङ्क घटाएर र राम्ररी सूचित कार्यलाई प्रोत्साहित गरेर, हामी विश्वभर आत्महत्याका घटनाहरूलाई कम गर्न सक्छौँ। विश्व आत्महत्या रोकथाम दिवस आत्महत्या र आत्महत्या प्रयासको सङ्ख्या घटाउने प्रमाणित माध्यमहरू मार्फत कार्यलाई बढवा दिन आत्महत्या सम्बन्धी चेतना जगाउने अवसर हो।

वर्ष २०२४ को नारा
Change the Narrative,” aims to break down barriers, like stigma, raise awareness, and create a culture of understanding and support to prevent suicide अर्थात् कथन परिवर्तन गरौं भन्ने अर्थ लाग्दछ । अवरोधहरू तोड्ने, चेतना जगाउने, र आत्महत्या रोक्नको लागि बुझ्ने र समर्थन गर्ने संस्कृति सिर्जना गर्ने उद्देश्य राखिएको छ ।

सास प्रति विश्वास राखौँ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.