प्रदोष व्रत । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

प्रदोष व्रत । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस





प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजाको थालमा के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस



 
पृष्ठभूमि

१९ जुन सन् २०१५ मा, संयुक्त राष्ट्र सङ्घको महासभा (A/RES/69/293) ले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गर्‍यो । द्धन्दमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक पर्ने चेतना जगाउनको लागि भनेर यस दिवसको खाँका कोरिएको हो । द्वन्द्व(सम्बन्धित यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनको लागि खडा हुन साहसपूर्वक आफ्नो जीवन समर्पण गर्ने र आफ्नो जीवन गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको विशेष भूमिका रहन्छ ।

" द्वन्द्व सम्बन्धित यौन हिंसा" भनेको के हो ?
 "द्वन्द्व(सम्बन्धित यौन हिंसा" शब्दले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, जबरजस्ती गर्भावस्था, जबरजस्ती गर्भपतन वा नसबंदी, जबरजस्ती विवाह र महिला, पुरुष, महिला वा बालिकाहरू विरुद्ध हुने तुलनात्मक रूपको हरेक प्रकारको यौन हिंसालाई बुझाउँछ जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। यो शब्दले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिबद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई पनि समेट्छ।

युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र सङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ ।

नेपालको सशस्त्र द्धन्दमा यौन हिंसा
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १ ७ वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलङ्घनका सवालहरू विशेषतः महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन्।द्वन्द्व पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरण कालागि अविलम्ब व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानुनी व्याख्याको परिधिबाट फराकिलो पारी स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.