राष्ट्रिय धर्म सभा दिवस को पृष्ठभूमि
विसं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्म सभा दिवस मनाउने चलन छ । आजभन्दा करिब १०० वर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौँ जति बेला चन्द्रशमशेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधुनिक इतिहासमा बि।सं। १९६१ मा प्रथम पटक धर्म सभा भएको पाइन्छ जब चन्द्रशमशेरले सम्पूर्ण विद्वान अनि पण्डितहरूलाई निम्तो दिएर एक हप्ता लामो धर्म सभाको आयोजन गरेका थिए । त्यस धर्म सभा पछि नै नेपालको आधिकारिक र औपचारिक सम्वत विक्रम सम्वत भएको हो ।
आधुनिक नेपालमा धर्म सभाको थालनी हुनुको कारण
आधुनिक समयमा भने धर्म सभाको सुरुवात को पृष्ठभूमि फरक छ ।विसं २०६६ सालमा तत्कालीन नेपाल सरकारले ३ वटा संवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारिक सम्वतलाई ई सं बनाएर केवल ११ महिनाको एक वर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो।
विक्रम सम्वत आफैमा नेपाल सम्वत र ई.सं दुबैका बहुल गुणहरू सहित वैज्ञानिक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात् नेपाली परम्पराको रक्षार्थ औपचारिक रूपमा धर्म सभा को दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थीका दिन हरेक वर्ष राष्ट्रिय धर्म सभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराई ले हाम्रो पात्रोलाई बताउनुभयो ।
सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभा मार्फत् सम्पूर्ण धर्म, समुदाय अनि परम्पराहरूको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्म सभा नेपाल एउटा सस्थांका रुपमा नेपाली जनको धर्म अनि वैदिक सनातन संस्कार मात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।
नेपाली संस्कारमा वैदिक सनातन अभ्यास
यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतिको रक्षार्थ धर्म सभा ले पञ्चागं निर्णायक समितिसँग पनि नजिकै रहेर कार्य गर्ने, हरेक वर्षका पात्रोहरूमा समावेशी चाड अनि तिथिहरू समावेश गराउने सम्मका कार्यहरूको पनि पहरेदार गर्दछ । हरेक वर्ष धर्म सभा समितिले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरूको रक्षा र संवर्द्धन गर्ने कार्य गरेको छ ।
यस वर्षको धर्म सभा दिवसले आगामी वर्षहरूमा पनि नेपाली जनको पहिचान, आस्था, परम्परा र रीतिलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपाली जनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूमा धर्म सभा दिवसको शुभकामना व्यक्त गर्दछ ।
गौरा सप्तमी
गौरा पर्वको एउटा नयाँ आयाम
गौरा पर्वसँग आसन्न सप्तमी तिथिमा गौरा सप्तमीको विधि गरिन्छ । गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
पुत्रदा एकादशीबाट गौरा अष्टमीसम्म चल्ने गौरा पर्वको मुख्य पर्व दिन अर्थात् अष्टमीको एक दिन अगाडि सप्तमी परेको छ । यस वर्ष षष्ठी र सप्तमी तिथि खप्टेको पाइयो ।
गौरा सप्तमीमा के के गरिन्छ ?
महिलाहरूले आफ्नो घाटीमा "सप्तन्ने" डोरी (एउटा धागो मा दुबो राखेर सात गाँठो पारेर बनाएको डोरी) धारण गर्छन् । पुराना व्रतालुहरु र नयाँ व्रतालुहरूको विधि फरक रहन्छ, नयाँ ब्रतारी या व्रतालु वा जसको पहिलो पटक घाटीमा (दुईधागो) अर्थात् डोरी बाँधिन्छ त्यस व्रतालुले रात परेपछि गौरा देवी को मूर्ति स्थापना गर्न खेतबाट धानको बोट लिएर देउघर भित्र राख्छन् । अनि ब्राह्मण द्वारा पूर्वाङ्ग पूजा गरी गौरा को मूर्ति बाट अभिषेक गराउँछन् (दुईधागो )डोरी को अभिषेक गरेर जम्मै डोरी हरु गौरा देवी को मूर्ति वरिपरि बाँधिदिन्छन् ।
यसका साथै अब गौरा अष्टमी अर्थात् मुख्य गौरा पर्वको तयारी पनि धूमधामसँग चल्दछ । भोलिको दिन विशेष लेखमा गौरा पर्वका सबै जानकारी लिएर आउने छौँ, नबिराउनु होला ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: