
विक्रम संवत् २०८० साल अर्थात् श्रीशालिवाहनीय शाके १९४५ ईस्वीय सन् २०२३ र २०२४, नेपाल संवत् ११४३ -११४४, पिङ्गल नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री शुक्र रहेका छन् । यो वर्ष श्रावण महिनामा अधिसकमास (मलमास) पर्न गएकाले मुख्य चाडहरू केहि पछाडि सरेका छन् । प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि मुख्य तिथिमिति एवं चाडपर्वहरूको संक्षिप्त जानकारी ।
