डा. नवराज खतिवडा | यो हप्ता मेरो मन र मष्तिस्कअधिकाँश समय एउटै विषयले भरिए । त्यो थियो-प्रियजनकाशुभकामना सन्देश । तीन दिनको अन्तरालमा एक दुईगर्दै चार सय भन्दा बढी शुभकामना सन्देशहरु मेरो सँसारमा आईपुगेका थिए । यसरीसयौँको सँख्यामा प्राप्त भएका सन्देशको विषय थियो – मेरो ५२औ जन्मोत्सव ।
यति धेरै दिव्य आत्माहरुले एकै साथ मलाई सँझिनुभनेको चानचुने विषय थिएन । सँसारमा लगभग सात अर्ब मान्छेहरु बसोबास गर्छन् । औसतहिसाबले ३६५ मध्ये कुनै पनि दिनमा दुई करोड चानचुनको जन्मोत्सव पर्छ । मैले योधरतीमा अवतरण गरी श्वास फेर्न शुरु गरेको दिन अर्थात फागुन ११ (फेब्रुअरी२४) गते पनि पृथक हुन सक्दैन् । अहिले जिवित रहेका लाखौ व्यक्तिले यहीदिनमा जन्म लिएका हुनु पर्छ । यसकारण यस दिनमा लाखौ जन्मोत्सव मनाईनु स्वभाविकै हो। त्यसैले कुनै आत्माको रोजाईमा “नवराजको जन्मोत्सव” पर्नुमेरो शौभाग्य हो । यसकारण मेरो लागि त्यो “दिव्य आत्मा” हो । फागुन११ गते अनि ‘नवराज’ को व्यक्तित्वलेएक साथ कसैको मनमा महत्वपूर्ण स्थान पाउनु भनेको ‘नवराज’ का लागिविराट महत्व वोकेको विषय हो । किनभने उ एउटा सानो घेराका सिमित श्रोताको सँसारभएको व्यक्ति हो । राज नेता वा अभिनेता होईन, जसको श्रोता सँसार असिमित हुन्छ । अझ कलात्मकशब्दहरुले मेरो जन्मदिन शुशोभित भएकोमा यसलाई मैले सर्वोत्कृष्ट सम्मानको रुपमाचित्रण गरेँ । मलाई लाग्यो-मेरो श्री चुलिएर सगरमाथा भएको छ । मेरोव्यक्तित्वले ओज प्राप्त गरेको छ । मेरो कद स्वाट्टै बढेको छ ।
महाकवि लक्ष्मिप्रसाद देवकोटाले लेखेका छन्: "त्यही स्वर्ग हो, जहाँनिर्मल आत्माहरु सानिध्यमा बास पाँउछन् ।"
महाकविलेभने झै दिव्य आत्माहरुको शुभकामनाले घेरिँदा मैले पनि स्वर्गकै आनन्दको अनुभूतिगरेँ । मेरो सँसारमा आईपुगेका ती ओजस्वी शब्दहरुलाईपटक पटक पढेँ । अभिव्यक्त भावलाई शूक्ष्म दृष्टिले नियालेँ । तिनको रुप र सारकोविश्लेषण गरेँ । रोचक कुरा-तिनमा उल्लेखनीय विविधता पाईयो । ईन्द्रधनुषमारँगको वर्णक्रम भए जस्तो । कुनै सन्देश एक शब्दमा सिमित थिए । कुनै मझौला त कुनैलेभने अनुच्छेदको पहाड नै बोकेका थिए । केही सन्देश भने विशेष तस्बीरमा गहन अर्थवोकेका वाक्य कुँदेर वनाईएका थिए । एउटै उमेरका फुल बगैचामा एकै दिन फुले जस्तोअधिकाँश सन्देश फेसबुकको टाईमलाईनमा उदाए । कति मेसेन्जरमा अरुले भेउ नपाउने गरी आए। कति ईमेल मार्फत आए । केही सन्देश मौखिक रुपमा पनि आए । अधिकाँश अँग्रेजी भाषामालेखिएका थिए । तर केही नेपालीमा त केहीले सँस्कृतका ओजस्वी श्र्लोक समेत वोकेकाथिए । यी सन्देश उदगम भएका स्थानको भूगोलले पनि हुन सक्ने सम्मको वर्णक्रम वनाएकोपाईयो । एकातिर यी सन्देशहरु पठाउने दिव्य आत्माहरुको बसोबासको क्षेत्र पुर्वमाआसाम देखि नेपालका अधिकाँश भू-भाग समेट्दै पश्चिममा भारतको मुम्बाई सम्मफैलिएको पाईयो। अर्कातिर राष्ट्रको हकमा यो फैलावटले बँगालादेश, थाईल्याण्ड, ब्रुनाई, जापान, अष्ट्रेलिया, अमेरिका, ओमान, जर्मनी हुँदै स्वीडेन सम्म समेटेको थियो ।
चिठ्ठाको बाकसवाट एउटा नम्बर झिकेर विजेताछान्ने शैलीमा मैले एउटा शुभकामना सन्देशलाई समूहवाट छुट्ट्याएँ ।
“जन्मदिनको शुभकामना, मित्र !”
यी तीन शब्दहरुले आत्मियताको अनमोल भावसिर्जना गरेको अनुभूति भयो । अन्य सन्देशहरुमा अगाडिका दुई शब्द उही थिए । तर अन्तिमको‘मित्र’ शब्दलाई भने अन्य सर्वनामले विस्थापनगरेका थिए । ती सर्वनामले अझ रोचक वर्णक्रम बनाएका थिए । ‘मित्र’ कोवर्णक्रममा एकातिर प्रियतम, बाबा, दाई, भाई, अँकल, नाती, मामा, भान्जा, भतिज, ब्रदर, दाजु, दादा रज्वाई साहेव थिए भने अर्कोतिर सर, गुरु, नवराजजी, नेपालनरेश, डा. खतिवडा, डा. साहेब, बन्धु रमेरो साथी आदि थिए । यसरी ती सन्देशका सर्जकहरुमा मेरा परिवारजन देखि लिएर नातेदार, विद्यालय देखि विश्वविद्यालय सम्मका सहपाठीहरु, विगत तीनदशकको कर्म यात्रामा भेटिएका सहकर्मीहरु र मेरो सदैव भलो चिताउने शुभचिन्तकहरु थिए। मलाई सन्देश पठाउने चार सय प्रियजनहरु मध्ये कतिपय सँग मेरो एक पटक पनि देखभेटभएको छैन । केही सँग एक दुई पटक मात्र कतै भएको होला । तर त्यही छोटो भेट पनिशुभकामनाको बृक्ष वनेर उदाउनु मेरो खुशीको तलाउमा अर्को नदी मिसिनु बराबर थियो ।
सन्देशहरुको थुप्रो उधिन्दा केही मौलिक भाव प्रकटभएका सन्देशहरु पनि पाईए । त्यस मध्ये दीक्षा चुँडालले यस्तो लेखेकी रहीछन्:
“जन्मदिनको शुभकामना अङ्कल, म हजुरलाई राम्ररी त चिन्दिन । तर हजुरसँगएकचोटी बोल्दा नै कोही आफ्नो (मान्छे) सँग बोले झैँ लागेको थियो । त्यसदिन एकदमै खुशीलागेको थियो । भगवानको हजुरलाई आशिष लागोस ।“
दिव्य शक्तिको प्रभाव नपरि शायद यस्तो हुँदैन ।अपरिचित सँग पहिलो पटक बोल्नु अनि त्यसैमा बन्धुत्वको डोरी बाटिन शुरु हुनु ।कस्तो साईत ! कस्तोभाग्य ! हुन पनिहो । धेरै जना सँग यस्तै भएको छ । कुनै प्रसँगले भेट हुन्छ । कहिले कहीँ दीक्षासँग भएको जस्तो छोटो कुराकानी मात्र हुन्छ तर आत्मियताको डोरी बाटि सकिएको हुन्छ ।अनि अहिलेको फेसबुक मार्फत त्यो डोरीले दीर्घ जीवन प्राप्त गरिहाल्छ ।
पूर्ब विद्यार्थी बबिनाले क्यानाडाबाट लेखिन:
“मैले प्राध्यापकको रुपमा चिन्ने मौका पाएको एकअद्वित्तिय व्यक्तित्वलाई जन्मदिनको शुभकामना । हजुर, कक्षाकोठा भन्दा वाहिर पनि एकप्रेरणादायी व्यक्तिको रुपमा रहनु भएको छ । मैले हजुरबाट धेरै सिकेकी छु । सँधैस्वस्थ्य र खुशी रहनु होला ।“
कतिपय विद्यार्थीलाई आफूलाई पढाएको शिक्षकको नामसमेत थाहा हुँदैन । आफूले अध्यापन गराएका कुनै पनि विद्यार्थीको पनि नाम नसम्झिनेशिक्षकहरु समेत मैले पाएको छु । मैले पाएका कक्षा कोठा वा वाहिरका परिवेश पनियस्तै हुन । तर कसैले मेरो कर्मपथको प्रशँशा गर्नु र त्यसवाट केही टिप्नु अवश्य नैविशाल महत्वको विषय हो । बबिनाले मलाई जुन सम्मान दिएकी छन, त्यो अत्यन्तै विराट छ । शायद एउटाशिक्षकको कर्म-भवनमायो भन्दा माथीको अर्को तला हुँदैन । यो भन्दा विशिष्ट अर्को सम्मान हुँदैन ।
कलेज पढ्दाको साथी प्रभाले लेखिन्:
“जन्मदिनको शुभकामना नवराजजी । प्रत्येकदिनआनन्दका क्षणहरुले भरिउन । म तपाईका जीवन भोगाईका ती क्षणहरुको बारेमा लेखिएका तपाईँकाविचार पढ्ने आशा गर्दछु ।“
प्रभासँग पहिलो भेट भएको तीन दशक भन्दा बढि भएकोछ । कलेजमा हामीले दुई बर्ष चानचुन सँगै विताएका थियौ । विगत पाँच बर्षमा मैले फेसबुकमा निकै लेखेँ ।मेरो लेखाईको वारेमा प्रशँसा गर्दै कलेज पढ्दाकी सखाको प्रेरणादायी सन्देश पढ्दाहर्षले मेरो मन उम्लियो ।
पृष्ठभूमीमा गुरुस्तोत्रको भुमिका राखेर सुपुत्र सिरिनले लेख्यो:
“जीवनका हरेक पाईलामा प्रेरणा प्रदान गरेकोमा म कृतज्ञछु । म उभिएकै कित्तामा उभिएर मलाई आँट भरोसा दिनु भएकोमा धन्यवाद छ । म अहिलेजहाँ छु तपाई विना त्यहाँ पुग्न किमार्थ सक्ने थिईन । प्रत्येक बच्चाले कल्पनागरेको नमूना बुबा तपाई जस्तै हो । जन्मदिनको शुभकामना छ । विगतका जन्मदिनलेल्याएको भन्दा अधिक खुशी र एश्वर्य यो जन्मदिनले ल्याओस ।“
शँकर कोईरालाले भनेका छन्:
“प्रत्येक मान्छेमा भएको एउटा गुण के हो भने उसँगकेही अवगुण हुन्छ ।“
सिरिनले भने जस्तो बाबु हुनुको यति ठूलो अभिभारा मैलेवहन गरेको जस्तो लाग्दैन । ‘नमूना बाबु’ को पगरी गुथ्नका लागि मलाई शायद अरु नैविशिष्ट बाबुहरु लाई सुहाउला । मैले त खाली मलाई विधाताले सुम्पिएको भूमिका मात्रनिर्वाह गरेको हुँ । यसैले मेरा पुत्र लगायत हाम्रो कालखण्डका अन्य सन्तानलाई यसोभन्न मन लाग्छ ।
“शँकरले भनेजस्तो अरु जस्तै म पनि केही न केहीअवगुणको मुहान पनि हुँ । यसैले महान त तिमी हौ जसले म सँग भएका अवगुणहरु लिएनौ ।सतगुण मात्र लियौ । म तिम्रो त्यो सतचरित्रलाई नमन गर्छु । तिम्रो निर्णायकक्षमताको प्रशँशा गर्छु । जसले राजहँशले जस्तो पानी र दुध छुट्ट्याउन सक्यो ।मौरीले जस्तो फूलको रस र प्रदुषित ढल छुट्ट्याउन सक्यो । म भित्र त खलनायकतत्वहरुको पनि बाक्लै उपस्थिति छ । तर तिमीले त्यसलाई पाखा लगायौ । आफूलाई चाहिनेमात्र लियौ ।“
गुरु हरिकृष्ण खतिवडाले अथर्ववेदकै श्र्लोक उद्धृत गरी आशिर्वचन दिनु भयो:
आफ्नो जीवनलाई उत्तम र उत्कृष्ट बनाउ, बललाईश्रेष्ठ बनाउ, कार्य पनि उत्तम गर, कर्तव्यलाई पनि उत्कृष्ट बनाउ, बुद्धिलाईतिक्ष्ण तुल्याउ र ईन्द्रिय सामर्थ्यलाई बढाउ। आत्मनिरीक्षणकोयो उदात्त प्रेरणा नै जन्मदिनकोशुभकामना ।
मामा लीला उदासीले लेख्नु भयो:
“जन्मदिनकोशुभकामना, आगत सुखद रहोस्, प्रगतिकोरहोस्, सफलताले शिखर टेक्ने समय होस् ।“
प्राध्यापक भिसु, थाईल्याण्डबाट यस्ता प्रेरणादायी शब्द आए:
“यो दिनले धेरै खुशीको प्रतिफल प्रदान गरोस । तिमी पनिमेरै उमेर तिर ढल्केको चाल पाँए । यो दिन रमाईलो वितोस । अरुलाई मदत गर्ने कामलाईनिरन्तरता दिनु । यो नै जीवनलाई खुशी बनाउने उत्तमा उपाय हो ।“
दिव्य शक्तिका श्रोत अष्टचिरन्जिवीकोप्रार्थाना मन्त्र ज्योति दाहालजीले सँप्रेषण गर्नु भयो:
सम्मान तिन किसिमको हुन्छ अरे । भारतका एकप्राध्यापकको एक लेखमा केही समय अघि पढेको थिँए । पहिलो-जन्मदैलिएर आएको सम्मान । दोस्रो-जीवनकालमाआर्जन गरेको सम्मान । तेस्रो-अरुका कारणले सिर्जित सम्मान । म तेस्रो वर्गमा पर्छु । किनभने एक त यसमा प्रतिस्पर्धा धेरै कम छ । अर्कोयस दावीलाई प्रमाणित गर्नका लागि मेरो उत्तरोत्तर प्रगतिका लागि सम्प्रेषण गरिएकाशुभकामना सन्देश दिने मेरा आफन्त, मेरा अग्रजर मैले सेवा गर्ने मौका पाएका मेरा विद्यार्थीहरुलाई नियाले हुन्छ । वहाँहरु यतिशशक्त भूमिकामा हुनुहुन्छ कि वहाँहरुको पाथी भरिएर बिटमाथीबाट पोखिएको लोकप्रियतामलाई पनि प्राप्त हुन्छ । यसले मेरो ‘श्री’ अलौकिकहुन पुग्छ । यसर्थ मैले तेस्रो किसिमकोसम्मान प्राप्त गर्ने कारण मेरा प्रियजनहरुको मौलिक उपलब्धि र लोकप्रियता नै हो ।
अनि मान्छेहरु मलाई भेट्दा सुनाउँछन ।
“तपाईँको फलानो आफन्तले सम्मान पदक पाएछन ।”
“तपाईँको भाई सर्वोत्कृष्ट भएछ ।”
“तपाईँको मिल्ने साथीका श्रोता सँख्यालेकरोड नाघेछ ।”
“तपाईको सहकर्मीले बर्षको विशिष्टकर्मचारीको उपाधि पाएछन / पाईछिन।”
“तपाईँको ढिस्कानो विद्यार्थीले स्वर्ण पदकप्राप्त गरेछन /गरिछिन ।”
“तपाईको प्रशिक्षार्थी अन्तर्वार्तामाउत्तिर्ण भयो ।”
मैले सोद्धै नसोधि लोकले मलाई सुनाउँछ ।मैले नहेरे पनि लोकले मलाई त्यस तर्फ ध्यानाकर्षण गराउँछ । कोही तेस्रो व्यक्तिमलाई मेरो प्रियजनको खबर सुनाँउन आतुर हुन्छ । मलाई भेट्ना साथ उ न त मेरो कुरा गर्छ । न त उसको आफ्नै । म चकित हुन्छु- एकाएक त्योम सँग जोडिएको व्यक्तिको कुरा सुरु गर्छ जो सम्मानित भएको छ । जो आदर्शवान छ । सतगुणीछ । जसले समाजमा केही योगदान दिएको छ । मेरो अनुहार देख्नासाथ उसलाई सम्झनु भनेकोचानचुने कुरा हैन । यो त त्यो व्यक्तिको प्रसिद्धि या उसको ‘श्री’ कोकारणले गर्दा हो । उसको सुवासको कारणले गर्दा हो । उसको सेवाको कारणले गर्दा हो । मेरोदावी प्रमाणित हुन्छ । मेरा प्रियजनहरुलाई ओढाईएको सम्मानको दोसल्लाको सुवासलेमलाई सम्मानित गर्छ । यसकारण मेरा चिनजानका व्यक्तिहरुको प्रसिद्धिको कारणलेसम्मानित हुने सबैभन्दा भाग्यमानी व्यक्ति म हुँ । यसर्थ म आल्हादित हुन्छु । गर्वगर्छु । लुँडो खेलको गोटि भरेङ्को फेदमा आईपुग्दा लामो भरेङ् एकै फटकामा उक्लेजस्तो म पनि खुशीले भुँईचट्टान बाट एकै चोटि शिखरमा हुत्तिन्छु । तृप्त हुन्छु ।अनि ठान्छु-मेरो जीवन सफल भएको छ ।
मेरा प्रियजनलाई भन्न मन लाग्छ- म त एकफलामको टुक्रो मात्र हुँ । चुम्बकत्व त तिमी सँग छ । जसले म मा अन्तरनिहितसतचरित्रका अँशहरुलाई तानेर लैजान्छ ।
कसैले लेखेका छन् ।
“म गुरु हुँ किनभने तिनीहरु मेरा शिष्य हुन।“
म यो उक्तिमा अन्तर्निहित दायरालाई मेरैकिसिमले फराकिलो बनाउँन चाहन्छु ।
“म एक शौभाग्यशाली व्यक्ति हुँ किनभने तपाईँहरुजस्ता दिव्य आत्माहरुले मलाई प्रियजनको सँज्ञा दिनु भएको छ। जन्मदिनको शुभकामनादिनु भएको छ ।“
फागुन १८, २०७२
कोटेश्वर, काठमाण्डौ
Liked by: