
हिमालयको काखमा अवस्थित मनमोहक सौन्दर्य र प्रकृतिको धनी नेपालमा बाढी पहिरोको कारण धेरै जनाको ज्यान, सम्पत्ती र वातावरणमा विपत्तिहरू आइपर्छ । यस प्रकोपबाट प्राय मानिसको ज्यान जाने, पूर्वाधारहरू विनाश हुने तथा जनजीवन प्रभावित हुने गरेको छ । नेपालमा दोहोरिने यी प्रकोपहरूको प्रभावलाई हामीले नियालेर विचार गर्ने समय आएको छ ।