ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस | Hamro Patro

ब्लग - साहित्य / Blog

ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस





कला सम्पदा र संस्कृतिका लागि धनी मानिने नेपालको नेवार जातीले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवसका रूपमा मनाउँदै आएको छ। गएको शनिबार २५ मार्च २०२३ का दिन विश्व भरिका नेवार समुदायले छैठौं विश्व नेवा दिवस हर्षोल्लासका साथ मनाए। न्यू यर्क, वाशिंगटन, बाल्टिमोर, मेरिल्याण्ड, बोस्टन, सियाटल, शिकागो, पोर्टल्याण्ड लगायत अमेरिकाका अनेकौं शहरका नेवारहरूले परम्परागत भोज र सांस्कृतिक कार्यक्रमका साथ विभिन्न कार्यक्रमको आयोजना गरे। क्यानडा, न्यूजिल्याण्ड, स्पेन, इजरायल, युएई, हंगकंग र जर्मनी लगायतका कैयन देशका नेवा संगठनहरूले पनि निकै उत्साहका साथ यस अत्तराष्ट्रीय सांस्कृतिक आन्दोलनमा एक्यबद्धता जनाए भने नेपालमा प्रधानमन्त्री पुष्पकमल दहाल स्वयं बसन्तपुर डबलीको औपचारिक समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित थिए। चितवन र दोलखा जस्ता काठमाडौं बाहिरका शहरहरूमा पनि र्यालीको आयोजना गरियो भने बेलायतको लण्डन शहरमा नेपाली मूलका बालबालिकाहरूलाई नेवा कलाको परिचय दिने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरियो।



वर्षेनी ६० लाख अतिथिहरूले ८० हजार वस्तुहरूको अवलोकन गर्न सक्ने ब्रिटिश संग्रहालयमा संसारभरिबाट झण्डै ८० लाख वस्तुहरूको संकलन गरिएको छ। जम्मा २५ सय नेपाली वस्तुहरूको सूचिकरण भइसकेको यस संग्रहालयमा कैयन गुना बढि त सूचिकरण हुन बाँकि नै रहेको अनुमान गर्न सकिन्छ। ती मध्ये २३ वटा धातु र ढुंगामा बनेका विभिन्न देवीदेवताका मूर्तीहरू हाल सार्वजनिक प्रदर्शनीमा राखिएको छ भने वर्षमा केही पटक कलाकृतिको फेरबदल पनि गरिन्छ। अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधि गर्ने यी सबै कलाकृतिहरू काठमाडौंमा सिर्जना भएका हुन् भने विगत केही दशक भित्र विभिन्न माध्यम हुदै बेलायत भित्रिए। विश्व नेवा संगठन बेलायत शाखाद्वारा आयोजित सो कार्यक्रममा ९ बालबालिका सहित २० जवानको टोलीले अनुगमन तथा अन्तरक्रिया गरे।



अनुगमनलाई दक्षिण एशियाली संकलनमा कन्द्रित राख्तै सो टोलीले नेपाली कला सँग भारत, पाकिस्तान, श्रीलंका, तिब्बत र चीन जस्ता छिमेकी मुलुकका कलालाई दाँज्ने र अन्तरसम्बन्धको बारेमा चर्चा गरे। एशियाका सबै भन्दा पुराना कलाकृति बौद्ध धर्मसँग आबद्ध किन हुने गर्छन् रु बुद्धको प्रतिमालाई ३२ महापुरूष९लक्षणका आधारमा कसरी चिन्ने रु र ती कलाकृतिहरूलाई दक्षिण एशियाका विभिन्न देशहरूसँगको सम्बन्धलाई कसरी बुझ्ने रु जस्ता जटिल जिज्ञासाहरूका साथ बालबालिकाले बुझ्ने माध्यमले अन्तरक्रिया सञ्चालन गरिएको थियो। बुद्धप्रतिमा बन्नु भन्दा पहिलेको भारतको साँची नगरको प्राचीन याक्षीको बारेमा अध्ययन गर्दै सो टोलीले काठमाडौं पाइने यक्ष प्रतिमासँगको सम्बन्धका बारेमा चर्चा गर्यो। विभिन्ना देवदेवीको हस्तमुद्रा र भावभंगिमाको विश्लेषण गर्ने क्रममा काठमाडौंमा १६औं शताब्दीमा निर्मित १३८ से।मि। अग्लो पित्तलको अवलोकितेश्वर र चीनिया मिंगवंशको १५औं शताब्दीको भित्तेचित्रमा देखिने अवलोकितेश्वरका बीच समानताका बारेमा पनि सामान्य परिचर्चा भयो।



विश्व नेवा संगठनका अध्यक्ष संयुक्त श्रेष्ठद्वारा सञ्चालित सो अन्तरक्रियामा सोआस विश्वविद्यालयकी प्राध्यापिका डा। स्टेफनी लटर, युनिभर्सिटी अफ् लण्डनकी प्राध्यापिका डा। ऊमा प्रधान र वास्तुविद् बावेश प्रधानले सह-सञ्चालन गर्नु भएको थियो। यस अन्तरक्रियाले बेलायतमा नेपाल सम्बन्धि शिक्षामा जोड दिने उद्देश्य राखेको थियो भने यस्ता कार्यक्रम पुनस् गरिनेपर्ने विचार सहभागीहरूले व्यक्त गरे।

संयुक्त श्रेष्ठ, लण्डन



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.