
नेपालमा वर्षेनी चट्याङबाट १०० भन्दा बढी मानिस र त्यसको लगभग पाँच गुणा भन्दा बढी जीवजन्तुले ज्यान गुमाउने गर्दछन्, यो एक प्राकृतिक प्रकोप हो l चट्याङ एक ठुलो मात्राको विद्युतीय करेन्ट हो, जसले जीवजन्तु तथा मानवीय क्षति निम्त्याउनुका साथै जनधनको विनाश पनि गर्दछ l चट्याङ विशेष गरी बर्खायाममा पर्ने गर्दछ l यसबाट बच्नका लागि हामीले केही सावधानीका उपाय र जिज्ञासाहरूलाई विस्तृतरूपमा जानौँ : -