नाकाबन्दी, भारतको गुलाम मानसिकता र अनौठा हामीः लिलाराज खतिवडा
सेक्स, पावर र पैसाकै वरिपरि जिन्दगीका चक्काहरु घिस्रिन्छन् । यिनको पुनरुक्तिक प्रयोग वा प्राक्टिसले थाहै नपाइ एडिक्शनबढाउँछ अनि झगडा शुरु हुन्छ । युद्द जारी हुन्छ । आततायी बढ्छ । अनि हिंशाको एडिक्शन, युद्दको एडिक्शन । मान्छे कैरगत चुस्ने एडिक्शन । मनोवैज्ञानिकहरुका अनुसार एडिक्शन दुइ तरिकाले बिस्तार हुन्छ । परपिडक र स्वपिडक । राजनीतिकनेता, ब्यापारी वा पूँजीपतिहरु परपिडक हुन् भने, धार्मिक वा आध्यात्मिक सन्यासी, जोगी, पादरी आदि चाहिँ स्वपिडक ।
भारतको नाकाबन्दीले देश आक्रान्त छ । देशमा लगभग भोकमारी लागिसकेको अवस्था छ । तर यहाँ मान्छेहरुले भेडा, बाख्रा बलिदिएर दशैंमा भक्कु पक्कु खाए । यसपालि दशैं नमनाएर एक भइ भारतसँग लड्नुको सट्टा मान्छेहरुले यस्तो बेलामा पनि निरिहजनावरका मासु र रक्सिको डकारले वातावरण प्रदुषण तुल्याए । एउटा दशैं नमान्दा के नै बिग्रन्थ्यो ?
यसैबीच हल्ला र खल्ला गर्ने धेरै मान्छे नांगिए । कैयन नांगा मान्छेले लुगा लगाउन भ्याए ।
उता दश दिन यता अपुष्ट बक्तब्य दिँदा दिँदा केपि ओलि साहेब नै थाकिसकेका हुँदा हुन् । उनले हावा तालमा बोलेका नाकाबन्दीखुल्ने संबन्धी कुराहरु मिडियाका हेडलाइन बने । नाकाबन्दी खुल्नुको सटटा झनझन जटिल बन्दै गयो ।
सामूहिक परिवारलाई बलि दिएर उनीहरु स्वार्थका टुक्रा टुक्रा जिन्दगीहरु जिइरहेका छन् । सिमेन्टका साना ठूला बाक्साहरुमागुम्सिएर उनीहरु ज्यादा खाएर मोटाईरहेका छन् । शहरका अग्ला अग्ला इमारतहरुले छेलिएर उनीहरु भिटामिन डि बिहिन भएकाछन् । यहाँ मान्छेहरु बढी खाएर अनेक रोगले ग्रस्त छन् ।
जे पायो त्यही वा बढी खाएर वा राम्रोसँग खान नपाएर मान्छेहरुका शरिर रोग ग्रस्त छन् र यिनलाई तारन्तार ग्यारेज घुसेरआफ्ना नट बल्टु कसकास गर्नु पर्छ । कुनै पनि शहर कति रोगी छ भन्ने कुरा त्यहाँ बर्षेनी कति औषधि खपत हुन्छ भन्नेतथ्यांकबाट सहजै पत्ता लगाउँन सकिन्छ ।
देब्रे छाती मुटु कै खराबी वा समस्याले मात्रै दुख्दैन । ग्यास जम्मा भएर पनि मुटु वरिपरि वा छेउ छाउ असह्य दर्द हुन सक्छ । मान्छेहरु मुटु दुख्यो भनेर अस्पताल पुग्छन् । माल झार्न सकिने ग्राहक ठानेर कुनै ठग डाक्टरले त्यस्ता ब्यक्तिको मुटुमातकलिफ भएको रिपोर्ट निकालिदिन्छन् अनि ठग्ने र ठगिने क्रम शुरु हुन्छ ।
यस साधनामा बुद्ध , आँखा बन्द गरेर पूर्ण होशमा स्वासप्रश्वासको सहयोगले आफनो शरिरलाई भित्रबाट बोध गर्न सिकाउँछन् ।
यहाँ एउटा किस्सा सान्दर्भिक हुँन आउँछ : लाहुरेले मुख अमिलो बनायो । तर उपाय थिएन । दुइ हप्तापछि गाउँमा छोरीको बिहे थियो । नघन्किने क्यासेट दाईजो कसरी दिने ?
चार घण्टापछि आउनुहोस भनेर मेकानिकले आदेश दियो । लाहुरे एकातिर हिँड्यो र भिडमा मिसियो ।
बजिरहेको लोक गितसँगै लाहुरेको अररिएको अनुहारमा एउटा गजबको मुस्कान नाच्न थाल्यो । बिना कुनै बिलम्ब उसलेगोजिबाट सात सय रुपिँया निकाल्यो र सहर्ष मेकानिकलाई दियो । अनि क्यासेट बोकेर फुरुंगिदै घर तिर लाग्यो ।
हिप्पोक्र्याटिक शपथ खाएका आजका मेडिकल डाक्टर पनि यस्तै छैनन् त ? अनि हामी मान्छेहरु के त्यो लाहुरे भन्दा कमनादान छौं ? जसले सायद जिन्दगीमा पहिलो पटक पानासोनिक क्यासेट खरिद गरेको थियो । र सानो अज्ञानका कारण बाठोमेकानिकबाट ठगिएको थियो । अज्ञान सानो होस वा ठूलो त्यो अज्ञान नै हो ।
तर कुरो यसो पनि हुन सक्छ, हामी आफैँ ठगिइरहेका छौं । चाहे त्यो डाक्टर होस वा अन्य जो कोही ।
ओशो भन्छन्, जो ठग्छन् ति सर्वप्रथम अन्य ठगहरुसँग सचेत रहन्छन् ।
सेक्स, पावर र पैसाकै वरिपरि जिन्दगीका चक्काहरु घिस्रिन्छन् । यिनको पुनरुक्तिक प्रयोग वा प्राक्टिसले थाहै नपाइ एडिक्शनबढाउँछ अनि झगडा शुरु हुन्छ । युद्द जारी हुन्छ । आततायी बढ्छ । अनि हिंशाको एडिक्शन, युद्दको एडिक्शन । मान्छे कैरगत चुस्ने एडिक्शन ।
मनो मानवशाष्त्रीहरुको के मतैक्यता छ भने, जुनसुकै समाजमा केवल दुइ थरि मानिसहरु हुन्छन् । परपिडक र स्वपिडक । एकथरि अरुलाई सताएर मजा लिन्छन् भने अर्काथरि स्वयंलाई सताएर ।
रिसर्चहरुले बताए अनुसार शाकाहारीहरु अपेक्षाकृतरुपमा ज्यादा सहनशिल हुन्छन् जहाँ कि मांशाहारीहरु आक्रामक ।
मानिसलाई अर्को पनि एउटा ठूलो समस्या छ । ऊ आफ्नो अनुहार देख्दैन । अरुको मात्रै देख्छ । ऐनामा पनि मानिस लाईअरु नै देख्छ । किनभने ऐनामा आफ्नै आकृति पनि उल्टो (Flip) नजर आउँछ । कहाँ हेर्ने आफ्नो वास्तविक चेहरा ?
आज त्यहि बुद्ध जन्मेको देशलाई नाकाबन्दी गरेर मोदी काका भने टुटे फुटे अंग्रेजी बोलेर लण्डन डुल्न भ्याउँछन । अखिर यिनीपनि फिरिंगिहरुकै गुलाम त हुन् । नूनको सोझो । पुनः स्मरण रहोस, भारत मनोबैज्ञानिक रुपमा अझै पनि ब्रिटिशको गुलाम नै छ। उसको गुलामी टुटेकै छैन ।
तर हामी ? के हामी स्वावलम्बी भएर बुद्ध जस्तै शालिन र शान्त बन्न सक्दैनौं ?