
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट आर्को सूर्योदयसम्मको जुन समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिनछ त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।
