
नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ ।