
आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ । भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो ।