
तराईबासीहरुको एक महत्वपूर्ण पर्व छठ हो। व्रतालुले स्नान गरेपछि घरमा सादा भोजन ग्रहण गरेर सूर्यको आराधना गरेपछि छठ पर्व सुरु हुन्छ। जलाशय किनार सजाएर त्यहीँ छठ मनाइन्छ। छठ खासगरी सूर्यको उपासना गर्ने पर्व हो । प्रकृतिको संरक्षक सूर्यको उपासना गर्दै ४ दिनसम्म छठ मनाइन्छ । मुख्य छठ कात्तिक शुक्ल खस्ठी तिथिमा पर्छ ।