
तिहारको चौथो दिन अर्थात गोबर्धन पूजा । यस दिन खेतबारी जोतेर र गाढा तानेर किसानलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ । त्यसैले यस दिनलाई हल तिहार पनि भनिन्छ । जोत्ने गोरु र बाच्छालाई माला लगाइन्छ । चामलको पिठोमा रंग मिसाएर रंगिचंगी छाप बनाइ तिनको शरीरमा लगाइन्छ । तिनलाई पूजा गरेरी मिठो खाने कुरा खुवाइन्छ ।त्यस्तै गोबरलाई गोबर्धन पर्वतको प्रतीक मानेर गोबर्धन पर्वतको पूजा गरिन्छ ।