
नवदुर्गा भवानीको पूजा आराधना गरी बडादशैंको आठौं दिन महा अष्टमी पर्व देशभर मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महा अष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ । देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ ।