पूर्णिमाको महत्त्व
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष गरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पूजाको स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पूजाको फल निकै धेरै पाइन्छ ।
पूर्णिमा व्रतको महत्त्व
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
विश्व बेपत्ता विरुद्धको दिवस
२१ डिसेम्बर सन् २०१० मा, संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्ताव ६५ र २०९ मार्फत विश्वका विभिन्न क्षेत्रहरूमा गिरफ्तारी, नजरबन्द र अपहरण सहित लागू वा अनैच्छिक बेपत्ताको वृद्धिको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता, र बेपत्ता भएका साक्षी वा बेपत्ता व्यक्तिका आफन्तहरूलाई उत्पीडन, दुर्व्यवहार र धम्की दिने रिपोर्टहरूप्रति जबाफदेहिता बढाउने अभिप्रायले यस दिवसको श्रीगणेश गरेको हो ।
जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइन्छ। विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घ महासभाको प्रस्ताव
संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभाको प्रस्ताव नं।४७÷१३३ मार्फत १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभाको प्रस्ताव नं ६१र१७७ द्वारा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।
नेपालमा सङ्क्रमणकालीन न्याय
नेपालमा पनि दशकौँ लामो द्वन्द्वका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्यायको उद्घाटन हुन नसक्नु असाध्यै दुक्खदायी छ । अन्तर्राष्ट्रियरुपमा मानव अधिकारमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।
नेपालमा विगतमा भएको दश वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठुलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् । सङ्क्रमणकालीन न्यायका लागि स्थापना गरिएका आयोगहरु पनि क्रमशः निरीह र राजनैतिक बन्दै जाँदा नेपालमा बेपत्ता पारिएका र अन्यायमा परेका द्वन्द्वपीडित हरुका लागि नयाँ रूपमा न्यायको वितरण जरुरी देखिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट ३१ सय १४ जना बेपत्ता पारिएको तथ्यांक छ । न्यायको प्रतीक्षा सबैलाई छ , अर्थपूर्ण शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: