प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
त्रयोदशी श्राद्ध
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।
त्रयोदशी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
गैर आवासीय नेपाली दिवस
पृष्ठभूमि
हरेक वर्ष ११ अक्टोबरमा गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने चलन छ । यस अवसरमा संघका अध्यक्षलगायत पदाधिकारीहरु सहित विभिन्न मुलूकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहने गर्दछ । यस दिवस नेपालभित्र मात्र नभई बिदेशमा रहेका नेपाली समुदायहरुले पनि आआफ्नो तरिकाले मनाउने गर्दछन् ।
वर्ष २०२३ को एनआरएनए दिवस
यस वर्ष पनि अक्टोबर ११ देखि १७ सम्म एआरएनए ग्लोवल कन्फरेन्स र एनआरएनएको वार्षिक् साधारण सभा गरिने कुरा एनआरनएको आधिकारिक बेवसाइटमा उल्लेख गरिएको छ । वर्ष २०२३ को एनआरएनए दिवस चाँही From Nepali to Nepali अर्थात नेपालीले नेपालीलाई भन्ने नारा अनुरुप रहने तथ्य पनि उल्लेख गरिएको छ ।
को हुन गैर आवासीय नेपाली ?
गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलाई पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।
अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ ।
आधूनिक नेपालको रुपरेखा कोर्नका लागि गैर आवासीय नेपालीहरुको सहभागीता अनि लगानीलाई यस वर्ष सन् २०२३ ले झनै महत्वपूर्ण रुपमा दर्शाएको छ, नेपाली समाज अनि ब्यापारहरुलाई गैर आवासीय दाजुभाई अनि दिदिबहिनीहरुको विशेष सहभागीताको थप खाँचो छ, यस वर्ष नेपालीजनहरु आफ्ना सिमापारीका सदस्यहरुको अर्थपूर्ण सहभागीताको प्रतिक्षाको खाँचोमा छन् ।
आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर प्रविधीको आयात या लगानीको अवसर का लागि यसै आलेख मार्फत हाम्रा गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आव्हान पनि गर्दछौं । हाम्रो माटो हामीले नबनाए कहाँ बन्छ र ?
देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना ।
विश्व दृष्टि दिवस
नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
पृष्ठभूमि:
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।
विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।
नेपालमा दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू
कसैले चस्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता विभिन्न तस्बिरहरूले पठाएका यस संस्थाले जानकारी दिएको छ । नेपालमा पनि दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू कार्यरत छन् । जसमा नेपाल नेत्रहीन सङ्घ भने छाता सङ्गठनका रूपमा कार्य गर्छ । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत अन्य सञ्जालहरू जस्तै नेपाल नेत्र ज्योति सङ्घहरूले नेपालभरि नेत्र ज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।
नेपाली गाउँघरमा आफ्नो दृष्टिको हेरविचार गर्न पर्याप्त जानकारीहरू दिन सकेको अवस्था छैन भने आँखाको उपचारका लागि तुलनात्मक रूपमा सर्वसुलभ अस्पतालहरू त्यति छैनन् । विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगायत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लबद्वारा आँखा उपचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरू छन् । मोफसलका आँखा अस्पतालहरू विशेषज्ञता अनि प्रविधिगत हिसाबले कमजोर नै छन् । यिनको प्रभावकारितामा नै नेपालीको दृष्टिको दीर्घायु लुकेको छ ।
विश्व दृष्टि दिवस को डिजिटल सन्देश
वर्ष २०२३ मा विश्व दृष्टि दिवस को डिजिटल सन्देश चाहिँ आफ्नो आँखालाई माया गरौँ #Loveyoureyes भन्ने छ भने यस वर्षको नारा चाहिँ 'Love your eyes at work' कार्यगत जीवनमा या काम गर्दा आफ्नो आँखाको माया गरौं भन्ने हो ।
एसियाको नोबेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतिका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । अचाक्ली धुलो–धुवाँले गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौँ लगायतका सहरमा दैनिक हिँड्ने मानिसहरूले सबैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुवाँले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ, सरकार अनि भर्खरै निर्वाचित जनप्रतिनिधिहरू मौन रहन नहुने अवस्था छ ।
सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढी आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरू भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदाहरणीय देश हो ।
आफ्नो आँखाको ख्याल गर्नुहोला, अनि आँखा नहुनेहरूलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुवैतर्फको आँखाको ख्याल गरौँ ।
- हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: