यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।
योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।
राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फm सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आस नगरौँ ।
विश्व रक्तदाता दिवस
पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
“Give blood, give plasma, share life, share often.”
वर्ष २०२३ को रक्तदाता दिवसको नारा चाहिँ रक्तदान दिँउ, प्लाज्मा दान गरौँ र यसरी जीवन बाढौं र पटक पटक जीवन बाँड्ने रक्तदान गरिरह्हौं भन्ने लाग्दछ ।
रक्तदान सम्बन्धी सामान्य जानकारी
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।
सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो ।
केही कुराहरू पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिँदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केही कुराहरूमा पर्न आउँदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौँ कि आजको विश्वमा हामीहरू मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरू सबै जना दुर्घटना वा रोगको सिकार हुन सक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्न सक्दछ ।
हामीहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाउँदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउँदछ र समाजले अकालमै कोही सदस्य गुमाउन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरू वास्तवमै भगवान् प्रतिरूपहरू हुन् ।
नेपालमा पनि पछिल्ला समयमा रक्तदानका लागी स्वयम सेवी संस्थाहरू र सञ्जालहरू बढ्दै गएका छन् । आज हाम्रो पात्रो ती सबै संस्था र सञ्जालहरूलाई पनि सम्झना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरूको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफयोग्य छ । हामी मध्य केही सुई सँग डराउने या घोच्नुपर्ने भएकाले रक्तदान गर्न डराउँदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र रु
तपाईँको आफ्नै भाइ या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरी बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाइ दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ, रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?
के रक्तदान गर्नुभएको छ त ? जय होस्
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: