विश्व स्वतन्त्रता दिवस
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि यूरोपमा कम्यूनिष्ट शासनको औपचारीक अन्त्यभएको उपलक्ष्यमा सोही दिन अर्थात नोभेम्वर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यू वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।




























































































































































































































































































































































































































































