विश्व क्यान्सर दिवस
क्यान्सरविरुद्ध लड्न आनीबानी सुधारौं
सन् २०२१
हामी यो वर्ष ‘म सक्छु र म गर्नेछु’ (I am and I will) भन्ने नारासहित क्यान्सर दिवस मनाउँदैछौं । क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सक्छौ ।
वर्षभरि क्यान्सरबाट मृत्यु हुनेप्रति हार्दिक संवेदना व्यक्त गर्न क्यान्सरबाट हुने मृत्यु कम गर्न शिक्षाप्रद जनचेतना विस्तार निम्ति कार्यक्रम गर्दै आज विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदैछ ।
हरेक वर्षको फेव्रुअरी–४ तारिखका दिन, संसारभरि ऐक्यवद्ध रुपमा क्यान्सरसँग लड्न चेतना स्वर भर्ने दिनका रुपमा लिइन्छ । क्यान्सरविरुद्धको जागरण अनि क्यान्सरको उपचारका माध्यमबाट लाखौं मानिसको ज्यान जोगाउन सकिन्छ भने हामीले पनि दिवसमा किन साथ नदिने ?
हामीमध्ये धेरैले अनेकन प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनुपर्छ ।
सरकारी आँकडाअनुरुप महिलामा पाठेघर र पुरुषमा मुख क्यान्सर बढी मात्रामा हुने गर्छ । मदिरा र चुरोटका कारण क्यान्सर रोगी बढाएको देखिन्छ । त्यसकारण सूर्ती र मदिराजन्य पदार्थबाट अलि टाढा हुने हो भने यो रोग भित्रिन सक्दैन । अनि, स्वस्थ आहार प्रयोग पनि रोग भित्रिन नदिने एउटा अस्त्र हो ।
तर हामीले प्रयोग गर्ने तरकारी र फलफूल लगायतका खाद्य पदार्थ उत्पादनकै बेला विषादि प्रयोग हुँदा पनि क्यान्सरको दर बढाएको छ । त्यसकारण विषादिमुक्त खाद्य पदार्थमा जोड दिनुपर्छ ।
क्यान्सर वास्तवमै मानिसका निम्ति एउटा दुर्भाग्य सावित भएको छ, खर्च, पीडा र यो रोगसँगको लडाइको संघर्षले पनि । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेका हुन्छन् । धेरै मानिसहरु क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् ।
आज क्यान्सर पीडितका हौसला प्रदान गर्ने र मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिन हो । आजको दिन क्यान्सरविरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट क्यान्सर रोगका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल गरिन्छ ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा २०३९ मा क्यान्सर रोग उपचार शुरु भएको हो । नत्र त्यसभन्दा अघि धनीहरु भारत, बंैकक, सिंगापुर हुँदै अमेरिकासम्म पुग्थे, तर गरीब नागरिक त्यसरी विदेश जाने क्षमता हुँदैनथ्यो । अनि तिनलाई मृत्यु कुर्नुबाहेक अरु विकल्प हुँदैनथ्यो । अब नेपालमै क्यान्सर अस्पताल खुलेका छन्, खुल्दैछन् । समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।
क्यान्सर उपचारका लागि विकीरणहरु प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई ‘केमोथेरापी’ भनिन्छ । ‘केमो’ गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पुनप्र्रयोगका लागि दान दिने गरिन्छ । सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सरविरुद्धको ऐक्यवद्धता जनाउने गरिन्छ ।
हामी नेपाली समय–समयमा निरोधात्मक उपाय निम्ति स्वास्थ्य जाँचमा जाने प्रचलन छैन । नियमित स्वास्थ्य जाँच नगराउँदा क्यान्सर रोग शरीरमा प्रवेश फैलिइसक्ने खतरा रहन्छ । समयमै क्यान्सरबारे जाँच गराउँदा जोखिम मुक्त हुन पनि सकिन्छ । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै नियमित स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ ।
सरकारले विपन्न नागरिकलाई कडा रोग लागेमा ‘राहतस्वरुप’ खर्च पनि छूट दिने या बेहोर्ने गर्छ । सरकारी परिभाषाअनुरुप कडा रोगभित्र क्यान्सर पनि पर्छ । तर रोगीले सकभर नेपालमै उपचार गराउनुपर्छ र मुलुकभित्र उपचार हुन नसक्ने निस्कर्षमा नेपाल मेडिकल बोर्ड पुगे मात्रै विदेश लैजान सकिन्छ ।
अर्कातर्फ नेपालमा स्वास्थ्य उपचार भन्ने बित्तिकै अत्यन्त झर्काे लाग्दो र खर्चिलो रुपमा हेर्छाै । तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्यका लागि गर्र्नुपर्छ ।
अध्यनहरुका अनुसार, संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । शारीरिक तन्दुरुस्ती स्वस्थ्य जीवन निम्ति अनिवार्य तत्व मानिन्छ । क्यान्सरबाट बच्न स्वस्थ आहार प्रमुख आधार मानिन्छ । चिकित्सकहरुको नियमित सुझाव हुन्छ, ‘फाइवरयुक्त, हरियो सागसब्जी, फलफूल, गेडागुडी र सकेसम्म ताजा खानाले शरीरमा क्यान्यरसँग लड्न सक्ने तागत उत्पन्न हुन्छ ।’
हामीले आप्mनो स्वास्थ्य स्वस्थ राख्न किन चिकित्सक सुझाव ग्रहण नगर्ने ? कतिपय रोग सन्दर्भमा नियन्त्रण विधि हाम्रै हातमा हुन्छ र हाम्रै हेलचक्र्याई कडा खाले रोगलाई निमन्त्रणा गरिरहेका हुन्छौ ।
बाँकी क्यान्सरका कारणमा विकीरण अनि अन्य संक्रमण छन् । विकासोन्मुख देशमा भने हेपाटाइटीस बि, सि अनि ‘ह्यूमन प्यापीलोमा’ भाइरसका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सर भने पुस्तैनी रुपमै जिनमा आउने हुन्छ । कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्छन् ।
कोरोनाले विश्वलाई थला पारेको सन् २०२० पछिको सन् २०२१ मा दोश्रो महिनामा परेको यस दिवसको नारा यसवर्ष अलिक खुल्ला र फराकिलो छ । यो वर्षको विश्व क्यान्सर दिवसको नारा चाहिँ ‘आई एम एण्ड आई वील’ तय भएको छ । जसको अर्थ, ‘म सक्छु र म गर्नेछु’ भन्ने हो । क्यान्सरविरुद्धको यस अभियानमा सबैको एैक्यवद्धताका लागि हार्दिक आव्हान गर्नु नागरिकको कर्तव्य हो ।
सूर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खाने कुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । हाम्रै खानपिन र शारीरिक ब्यायम नगर्दाका परिणति मानिन्छन् ।
त्यसो हुँदा हामी दीर्घ अनि स्वास्थ्यवद्र्धक जीवनका खातिर किन हाम्रो रहन–सहन र आनी–बानी परिवर्तन नगर्ने ? क्यान्सर दिवसमा दिन एक छिन सोचौं । रोग लागिसकेकाहरुलाई लड्न सक्ने क्षमता प्राप्त होस्, शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख ।
Liked by: