यूग पुरुषहरुको आगमनका लागि यथेष्ट समय लाग्दछ, एउटा कालमा एकजना मात्र यूग पुरुष या यूग महिलाको जन्म हुने गर्दछ भन्ने मान्यता छ । यस्ता महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा यूगौँ यूगसम्म समाजलाई सकारात्मक पथ तर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति को तथ्य अनि इतिहासहरु हामी उजागर गर्न जाँदैछौं ।
सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।
पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ बनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ । यसै कारण ले पनि हो आज सैयौ बर्षपछि पनि किराँत समुदायमा गुरु फाल्गुनन्दको काम अनि यश को गुनगान गाइने गरिन्छ, झापा जिल्लाको शान्तिनगर १ तिमाई मा गुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा स्थापित गरिएको छ ।
आजको दिन त्यहाँ बिभिन्न कार्यक्रम अनि सभा गरेर समारोह आयोजना गरिन्छ । त्यस्तै दमक, झापा, ईलाम, ताप्लेजुगं अनि पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई नेपाल सरकारले फाल्गुनान्द राजमार्गका रुपमा निर्माण बिकास थालनी गरेको छ । त्यसै गरि पूर्वी नेपालमा फाल्गुनन्द कप फुटवल प्रतियोगीता पनि आयोजना हुने गरेको छ । पाचथर जिल्लाको फिदिम मा यस फुटवल प्रतियोगीता हरेक बर्ष आयोजना गरिन्छ । यसवर्षको फाल्गुनान्द दिवसको पेरिफेरि पोहोरपरार जस्तो भेला आयोजना, र्याली र फुटवल प्रतियोगीताको परिवेशमा नहोला तर गुरु फाल्गुनान्द प्रतिको अगाध स्नेह र धन्यवाद सकल नेपाली समाजले उजागर गनिैरहन्छ ।
प्रेम र अहिंसा का अनुयायी गुरु फाल्गुनन्द को तस्वीर राखेर सन् १९९३ पर्यन्त नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।
नेपालमा मात्र नभईकन सारा संसारभरि फैलिएका किराँत समुदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन्, विशेषत नेपाल, भुटान, भारत लगायतका ठाँउमा वहाँको नाम वडो गौरवकासाथ लिईन्छ ।
किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेन नेपालका एकजना वहुचर्चित गुरु, सत्यवक्ता र साधु हुनुहुन्छ । वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरु मा सत्यमार्ग देखाउने गर्दछ । यिनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ती मनाईन्छ ।
वहाँको दिव्य वचन अनि ज्ञानलाई आत्मसाथ गर्दै बिसं २०७० मा प्रथम पटक नेपालमा लिम्बु सम्मेलन आयोजना गरिएको थियो । आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम् ” मूल नाराका साथ सम्पन्न यस सम्मेलनले लिम्बूहरुलाई प्रथम पटक अन्तर्राष्ट्रिय स्तरमा संस्थागत र संगठित हुने वातावरण सिर्जना हुनुका साथै लिम्बू, लिम्बुवान र पहिचान सम्बन्धी विश्वव्यापी रुपमा सामूहिक दृष्टिकोण निर्माण गर्ने र विभिन्न विषयहरुमा साझा बुझाई निर्माण गर्ने लक्ष्य लिइएको थियो । वहाँका अहिंसाका सिद्धान्तहरु उदहारणीय रहेका छन् ।
गुरु फाल्गुनान्दवाट हामीले सिक्न सक्ने कुराहरु धेरै छ, वहाँका सपना र आकांक्षाहरु साकार पार्न जरुरी छ, सामाजिकरुपमा विकसीत समाजका आधारहरु भनेकोनै चतनशील मान्छेहरु हुन्, चेतनाको लहर फैलिरहोस, शिक्षाको ज्योती वलिरहोस, शुभकामना
शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
हरेक बर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरि विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो।
सन् २०२० को बिज्ञान अनि शान्तिको समबन्ध अलिक फरक संघारमा छ, सन् २०२०मा सारा विश्वले आफ्नो बरकतले भ्याउनेसम्म कोरोना बिरुद्ध लड्न का लागि लगाएको छ । यस वर्ष यस भाइरससंगको मुक्ति अनि पहिले झैं स्वतन्त्रताको अभ्यास पाउनका लागि मेडिकल साइन्सले कोरोना बिरुद्धको भरपर्दो खोप ल्याउनेछ भन्ने सबैलाई आशा छ ।
अहिलेको समाजका नागरिकहरुलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र संघ, समाजलाई विज्ञानको संगसंगै या भनौ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरुको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढावा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रीय र अन्तरराष्ट्रीय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।
सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरु सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरुले यूनेस्कोकै पहलमा वित्तिय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरु बैज्ञानिक संगठन संग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ। हामि जन्मिएको यस वैज्ञानिक युगमा, विज्ञानले शान्ति र विकाशको लागि पुर्याउने योगदान अतुलनिय रहनेछ। यस दिवसको सबैमा शुभकामना।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: