अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस | षष्ठी श्राद्ध | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस | षष्ठी श्राद्ध




अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विशेष अडियो सामग्री

संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो।

सन् २०२१ को परमाणु अतियार निर्मुद दिवसको सेरोफेरोमा संयूक्त राष्ट्र संघको बेसाइटमा नै विश्वभरि करिब १३ हजार ८० वटा संसारलाई नै चुनौति दिनसक्ने प्रभाव भएका परमाणु हतियारहरु अझै छन् । विश्वले कोभिडको त्रास त झेल्यो तर यति यि परमाणु हतियारको ब्यबस्थापन र तठस्तीहरणमा ध्यान नदिने हो भनें यस ग्रहको अस्तित्व नै अफ्ठेरोमा रहनसक्छ ।

सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई चेतावनी दिन धेरै देश र तीनका सरकारहरु तल्लीन रहेका छन् । बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन परमाणु हतियारको बिकासमा खर्च भइरहेको छ ।

अहिलेको समयमा विश्वका ठुला नेताहरूको चासो र चिन्ताको बिषय भएका परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ। जुनसुकै बेलामा यी हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ र यदि त्यस्तो भयो भने विश्व झन् असुरक्षित हुने निश्चित छ । सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हीरोशीमा र नागासाकीमा अझैपनि रुख या बिरुवाहरु उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरि सम्म ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ ? सोच्नुपर्ने बेला आएको छ । यहि सबै कुरा विचार गरेरै होला महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो "मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ" के विश्व फेरी ढुंगे युगमा फर्कन सक्छ त ?

यहि संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र संघले आज सेप्टेम्बर २६ का दिन अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिदैन , यसको प्रयोग सधै हार नै हुनेछ। मानवताको लागि भएपनि परमाणु हतियार निर्मुल पार्नु अति आवश्यक छ।

षष्ठी श्राद्ध


सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।

सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्

षष्ठी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.