महालक्ष्मीको व्रतकथा आज समापन
आज भाद्रपदको कृष्ण सप्तमी , अर्थात भाद्रको शुक्लपक्षको अष्ठमीवाट शुरु भएको १६ दिनसम्म महालक्ष्मीको व्रतकथा आज समापन हुँदैछ , यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला यसैसाथ समापन हुँदैछ ।
यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरियो , समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो । कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।
दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्वि३न पूर्ण रहोस् । यस व्रतको फलीफापले सबैलाई राम्रो गरोस्, कोरोना कहरले तनावग्रस्त गरेको अर्थतन्त्र अनि श्रमजीवीको घरघरमा लक्ष्मीमाताको वास होस् ।
विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । यस वर्ष भाइरसको चर्चा निकै छ, रेबिज त पुरानो भाइरस भयो तर यस वर्ष नयाँ भाइरसका रुपमा रहस्यमयी ढगंले कोरोना भाइरसको पर्दापण भएको छ । यस वर्षको रेबिज विरुद्धको दिवसमा विश्वले रेविमात्र नभई अन्य डरलाग्दा भाइरसहरु विरुद्ध लड्न पनि एैक्यवद्धताको पैरवी गर्नेछ ।
पछिल्लो वर्षको सन् २०२० मा कोरोना त्रासका विच मनाइएको यस दिवसको नारा चाँही Vaccinate and collaborate खोप अनि समन्वय रहेको थियो, अर्थात विश्वले आफ्ना वासीहरुलाई यस भाइरस विरुद्ध लड्न खोप र समन्वयतात्मक एैक्यवद्धताको आव्हान गरेको थियो ।
वर्ष २०२१ को रेबिज बिरुद्धको दिवसको नाराचाँही Rabies facts, not fear रहेको छ । अब रेबिजको डर लाई कम गर्दै बिश्व समुदायलाई रेबिजको जानकारी र तथ्यहरुमा केन्द्रित गरिन आव्हान गरिएको छ ।
सेप्टेम्वर २८ विश्वभरि 'रेबिज विरुद्धको दिवस'को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।
हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।
सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।
सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । यस वर्षको 'रेविज विरुद्धको दिवस'को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । तपाईं-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु अावश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई-हामी जस्तै हुन् । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छाैं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा हामीसबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ ।
रेविज मात्र नभई कोभिड लगायत अन्य थुप्रै भाइरस र जीवाणु किटाणुसंग लड्न विश्वमा एैक्यवद्धताको खाँचो छ, सर्वे सन्तु निराभया ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो र यसैकुरालाई आत्मसाथ गर्दै विश्व समुदायले हरेक वर्ष अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाँउछ । हरेक वर्षको २८ सेप्टेम्बरमा मनाइने यस दिवसको सन् २०२१ को नाराचाँही Building back better with access to information रहेको छ । कोभिड स्वास्थ जोखिमले तहसनहसभएको विश्वका संरचनाहरु फेरि निर्माण गर्नका लागि सुचनाको पहुँचलाई यसवर्ष महत्व दिइएको छ ।
एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई आफ्नो छिमेकीको घरमा के भैरहेको छ भनेर थाहा पाउन पनि मुस्किल हुनेछ। हामीलाई थुप्रै कुराहरु जान्न मन लाग्न सक्छ , कहिले मौसमको बारेमा , कहिले देश विदेशका समाचार र यो सबै बुझ्न पाउनु हाम्रो अधिकार हो।
शिक्षा र विकासको लागि सूचना चाहिन्छ। सूचनाको पहुच विश्वब्यापी रुपमा भए , यसले विश्वभरीका सबैलाई एकै धागोमा बाध्न सक्छ।
सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।
सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा "UNESCO" कार्यरत छ।
पछिल्ला वर्ष कोभिड १९ को महामारीमा आआफ्ना घरघरमा बसेका हामीले सूचनाको पुहँचको आधारमा घरवाहिरका अनि बाहिरी परिवेशका कुराहरु थाहा पायौं, विष्लेषण गर्यौं र अनुमान लगायौं । अबको सूचनाको विश्वव्यापी पहुँचमा सूचनाको तथ्यगत कुरा, समानता अनि तठस्तताको पनि जाँच गरिन जरुरी छ नत्र डिजीटल मिडियामा अफवाह र त्रासको बाढी आएको पनि हामीले यसवर्ष देखेका छौं, हैन र?
सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन। यो महत्वपूर्ण दिनको हामि सबैलाई शुभ कामना।
-----
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: