पूर्णिमा व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

पूर्णिमा व्रत




पूर्णिमा व्रत विशेष अडियो सामग्री

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ ।

देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न जाने विश्वासका साथ यो पूर्णिमामा घाटहरु, नदी किनारहरुमा विशेष सरसफाई गरिन्छ, दीप प्रज्वलन पनि गरिन्छ ।

कार्तिक पूर्णिमामा लिइने व्रत, पूजा–पाठको विशेष महत्त्व भएको हिन्दू धर्मालम्बीहरु विश्वास गर्छन् । आजको दिन दान गर्नाले यो जन्ममा मात्र होइन, आगामि जन्ममा पनि पुण्य मिल्ने विश्वास गरिन्छ । आजको दिन सनातन हिन्दू धर्मालम्बीहरुले धेरै पहिलेदेखि बनारस, हरिद्वार, मथुरा, प्रयागराज, बराहक्षेत्र, मुक्तिक्षेत्रलगायत ठाउँमा पूर्जाअर्चना गर्छन् ।

पूर्णिमामा चन्द्रमा पूर्ण आकारको देखिन्छ र अरु दिनभन्दा बढी चम्किलो देखिन्छ । विज्ञानका अनुसार सूर्यको प्रकाश पृथ्वीले नछेकी चन्द्रमामा पर्ने भएकाले यो दिन चन्द्रमा विशेष चहकिलो देखिने गर्छ ।

कार्तिक पूर्णिमामा तुलसीको पूजा पनि गरिन्छ । यसलाई विशेष महत्त्वका साथ पनि हेरिन्छ । त्यस्तै, कार्तिक पूर्णिमाको दिन भगवान शिव र विष्णुको आरधना पनि गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष पूजा अर्चनालाई सत्यनारायणको पूजाको रुपमा पनि लिइन्छ । सामान्यतया सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ । तर, पूर्णिमाको दिन सत्यनारायणको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिन्छ ।

धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिन मानसिक कष्टबाट मुक्ति पाउन चाहने, पारिवारिक शान्ति र समृद्धि चाहने र अचानक डराउने समस्याबाट मुक्ति चाहने वा मानसिक चिन्ताबाट ग्रसितहरुले यसबाट छुटकारा पाउन पूर्णिमा व्रत लिँदा निकै राम्रो हुन्छ ।

आजको दिन दीपदान गर्दा ऋणबाट मुक्ति मिल्ने, तुलसी पूजा गर्दा मनोकामना पूरा हुने, व्रत बस्दा अग्निष्टोम यज्ञ गरे बराबरको फल प्राप्त हुने विश्वास गरिन्छ । आजको दिन श्रद्धाभावसहित भगवानको स्मरण गर्दा मात्रै पनि पारिवारिक शान्ति छाउने र परिवारमा सुख फैलिने पनि विश्वास गरिन्छ ।

यो पूर्णिमालाई त्रिपुरा पूर्णिमा पनि भनिन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.