विश्व हुलाक दिवसः सुधारका लागि नवप्रवर्तन | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व हुलाक दिवसः सुधारका लागि नवप्रवर्तन




विश्व हुलाक दिवस विशेष अडियो सामग्री

सन् २०२१ मा विश्व समुदायले कोभिड–१९ पछिको सुधारलाई प्राथमिकतामा राख्दै सुधारका लागि नवप्रवर्तन भन्ने नारालाई आत्मसात् गरी विश्व हुलाक दिवस मनाउँदैछ । सन् २०२१ को हुलाक दिवसको नारा चाहिँ Innovate to recover हो ।

यस विश्वमा केही कुराहरू अत्यन्त ‘क्लासिक’ अर्थात् परम्परागत छन् । ती परम्पराअनुरूप त्यस्ता कुराहरूको महत्व सदासर्वदा अटल रहन्छन् । हुलाक पनि त्यसैमा पर्छ । सदियौंदेखि हुलाक सेवा अनेक रुपमा रहेकै हुन् । पत्र पठाउने, भावना अनि समाचार साटासाट गर्ने, पत्र मञ्जुषाको रौनक, पत्र–मित्रताको चासो, फोटो अनि स्टीकर र पोष्टकार्डहरू आज पनि उतिकै प्यारा छन्, जति शताब्दीयौं अघि थिए ।
हरेक वर्षको अक्टोवर–९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सवा दुई सय वर्षअघि सन् १८७४ मा जापानको टाकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारूपको शुरुवात हुलाकबाट शुरु भएको हो । मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग सूचना आदान–प्रदान गर्न हुलाकको प्रयोग गर्दथे । हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।

धेरै परसम्म चिठी र खबर पु¥याउन धेरै जना हुलाकीहरूले आफ्नो जीवनकाल नै बिताएका छन् । आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँ–घरमा राति बस्दा हुलाकीहरूलाई विशेष सम्मान दिइन्थ्यो । अनि त्यतिबेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनीहरू नै थिए । रात–बिरात पत्र पु¥याउन गाउँ–गाउँमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोलासहित हिँड्ने गर्दथे । यसो गर्दा राति बास बस्न पर्दथ्यो । यतिखेर जस्तो सहज होटल नभएको त्यतिबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरूलाई प्रथम ग्राहयतासहित बसाइन्थ्यो । मानिसहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हर–हिसाब गर्दा गर्दथे । सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो, तर संरचना बिल्कुलै उस्तै छ ।

‘ए, हुलाकी दाई मेरो पत्र आएको छ’ भनी सोध्न नपर्ला । तर बिहान उठेर इन्टरनेटमा इमेल र मेसेन्जरहरू हेर्ने हामी सबैले गर्दछौं । पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन भएको मात्र त हो । हामीमध्ये धेरैले भाषागत विषयहरूमा पत्र लेख्ने अभ्यास र परीक्षामा पनि प्रश्नले मागे अनुसार विभिन्न विषयमा पत्र लेखेका छौं नि, हैन र ?

अझै पनि कतिपय शहर अनि ठाउँहरूमा पत्र–मञ्जुषा लेखिएको पत्र हाल्ने रातो चुच्चो आकारका टिनका बक्साहरू भेटिन्छन् । जहाँ नियमित रूपमा एक समयमा हुलाकीहरू आएर पत्र लिएर जाने गर्छन् । विस्तारै आकाशवाणी, ट्रंकल फोन, दूरसञ्चार, मेसेन्जर, च्याटरुम, इमेल, फेसवुक, ट्वीटर हुँदै हात–हातमा मोबाइल फोनले यो युगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ ।

तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै बिर्सने छैन । स्कूले केटाकेटीहरू पनि स्कूलमा लेखन अभ्यासको क्रममा बुवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् । यसरी चिठी लेख्दा प्रापक र प्रेषक भनी हुलाककै सञ्चार आधारमा अभ्यास गराइन्छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना । विश्व इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरूलाई बताउन जरुरी छ, कि कसो ?

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.