विश्व पर्यटन दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व पर्यटन दिवस




विश्व पर्यटन दिवस विशेष अडियो सामग्री

कोरोनाले लगभग ठप्प पारिदिएको विश्वको पर्यटन उधोग अब क्रमश वर्ष २०२१ संगै उकालो लाग्ला कि भन्ने आशा छ । होटलका खापाहरु अब बिस्तारै खुल्न थालेका छन्, विमानस्थलहरुमा थोरै चाप बढेको छ अनि मान्छेहरुमा एकतमासको उत्साह पनि बढेको छ । सन् २०२१ को विश्वको नारा चाँही Tourism for Inclusive growth रहेको छ जस्को अर्थ हुन्छ पर्यटन नै समावेशी उन्नतीको माध्यम हो । नेपालले महत्वाकांक्षाका साथ सन् २०२० मा भिजीट वर्ष घोषणा गरेतापनि कोभिडको संक्रमण जोखिमले त्यस महत्वाकांक्षालाई अघि बढ्न दिएन । आगामी वर्षहरुमा आशातित प्रगतिका साथ पर्यटनको वृद्धि होस् ।

पछिल्ला २ वर्षका स्वास्थ जोखिमपछि यसवर्ष चाँही नेपालले पनि विश्व पर्यटन दिवसलाई भौतिक कार्यक्रमका बिच मनाउने योजना गरेको छ । स्वास्थ मापदण्डको पालना गर्दै सन् २०२१ को विश्व पर्यटन दिवसलाई भौतिक रुपमा मनाइने जनाइएको हो । संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय र समन्धीत अन्य सरोकारवालाहरुले केहि दिनअघि निकालेको संयूक्त वक्तव्यमा यस कुरा उल्लेख गरिएको छ ।

पर्यटकहरुको सख्या बढोस्, पाहुनाको सत्कार गज्जबले होस् । अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता लगायत शान्तिप्रय वुद्धभुमीका शालिन हामी नेपालीहरुनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक संभावना हुदाहुदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।

सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उधोग हो, हामी घरमा वसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपांगता या चोटपटकका कारणले या साना वच्चाहरुको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरु कहिकतै घुम्न जान या पर्यटनको लाभउठाउनालागी वञ्चित भइरहेका होलान, तर ढिलो या चाडो पर्यटनको विश्वब्यापी सहज पहुँच र पर्यटनको फाइदा सबैजनाले प्राप्तगर्न पाउनुपर्दछ ।सन् १९८० देखि विश्व पर्यटन दिवस मनाँइदै आएको हो ।

सहज पर्यटन संसारका सबैजनाको पहुचमा हुनुपर्दछ जस्ले गर्दा हामी वाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्नसकुन, अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुच अनि पर्यटनको सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक फाइदाकावारेमा ब्यापक रुपमा जानकारी र छलफल गरिन्छ ।

संसारको छानोको उपमावाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु खडागर्न जरुरी छ । प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागी दुर्गम ठाउ जानुपर्दछ, त्यस्ता ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुदैन, सहज वाटो छैन र त्यसमाथी ति ठाउमा उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध नहुनु अनि त्यसतर्फ हाम्रो ध्यान छिटै पुग्न जरुरी छ । अर्कोतर्फ भने हाम्रा सास्कृतीक धरोहरहरुको उचित स्याहार, संभार अनि भुइचालो पछि भग्नावशेष र असुरक्षित बनेका यि शताब्दीयौ पुरानो सभ्यताको वयान दिने धरोहरलाई आवश्यक सम्भार र उचित पूर्ननिर्माण गर्न जरुरी छ ।

हातमा लौरो, ढाडमा ठुलो झोला, घामवाट अनुहार छेक्ने टोपी, गोरो छाला अनि नबुझ्ने भाषा, हामीले अक्सर परिकल्पना गर्ने पर्यटकहरु यहि हुन । यिनीहरु हाम्रो देशमा आएवापत, घरगाउ अनि होटलमा वसेवापत पैसो तिर्छन, फोटो अनि भिडियो खिचेर लिएरजान्छन अनि हाम्रो सस्कृती, कलाकौशल लगायत प्राकृतीक मनोरमताका दृश्यहरु हेरेर जान्छन । पर्यटक हामीमध्य जो कोही पनि हुन सक्छौ, मानव स्वभावतनै जिज्ञासु र घुमन्ते प्राणी हो, भ्रमण अनि अवलोकननै नयाकुरा सिक्ने उत्तम तरिका हो र यसरी देश, विदेश, समाज अनि सस्कृतीको अवलोकन गर्ने उदेश्यले घुम्नु या भ्रमणमा निस्कनुनै पर्यटन हो ।

पर्यटक तपाइहामीमध्य सबैजना हुनसक्छौ, विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देश भित्र पनि हामी नया नया ठाउ गएर पर्यटन गर्नसक्दछौ, घुम्नलाई पोखरा, नगरकोट अनि कुनै नयाँ ठाउ गएर केहि समय वसेर हामीले नया कुरा जान्न पाउछौ, मनमा शान्ति पाउछौ अनि नयाँपनाको आभाषका साथै जिवन जिउने थप कारणहरु अनि रोमाञ्चकता पाउदछौ । हामीमध्य धेरैजना अझै पनि घुम्नु या नयाँ ठाउ कुनै विशेष कारण विनानै अवलोकन भ्रमणगर्नुलाई अनि पर्यटनलाई उत्ति महत्व दिएर हेर्दैनौ, खास्मा नयाँ ठाउको भ्रमण र अवलोकनगर्नु भनेको स्वस्थ्य मानसिकता, सकारात्मक सोचाई, ब्यवहारको विकास, संवेग र तनावको उचित ब्यस्थापनकालागी एकदमै जरुरी छ । वेलावखतमा पर्यटनलाई आवश्यक्ता या विलासी के हो भनेर वादविवाद भइरहेको पाइएतापनि पर्यटनले पर्यटकहरुमा नया उत्साह र ज्ञान अनि गन्तब्यमा आर्थिक र सामाजिक विकास भइरहेको हुन्छ ।

जिवनको अर्थ पक्कै पनि संकुचित छैन, ब्यापक परिवेशमा जिवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउ जानु अनि सकेसम्म वढी ज्ञान र अनुभवहरु प्राप्त गर्नु पनि हो । मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुक लगायतहरु, जस्को अन्वेषण र भ्रमणले संसारमा सँस्कार, सभ्यता र विकासको लहर फैलाएको छ, उनिहरु पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउको खोजीगर्न निस्केका थिए र संसारलाई जोडेर गए तसर्थपनि भ्रमण गर्न र नयाँ कुरा सिक्न पछी नपरौ । अर्कोतर्फ पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सास्कृतीक आदानप्रदान अनि राष्ट्रको छवी वढाउन सहयोग गर्दछ । पर्यटक हाम्रा पाहुना हुन हृदय देखि स्वागत गरौँ, आतिथ्य कायम रहोस, शुभकामना ।

सप्तमी श्राद्ध

सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, पछिल्ला दुई वर्ष देखि कोरोना संक्रमण जोखिमले असाध्यै जोखिमपूर्ण बनाएको व्रत, तिर्थ, श्राद्ध, मेला लगायतका कुराहरु यस वर्ष वाट अलिक खुकुला हुँदैछन् ।

सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्

सप्तमी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.