पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस




यस वर्ष अर्थात् वर्ष २०२२ को यस पार लैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस चाहिँ १३ औँ श्रृखला हो ।



प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरू बारे जनचेतना फैलाउन र पारलैङ्गिक व्यक्ति तथा आन्दोलनका उपब्धीहरूको उत्सव मनाउनमा यो दिवस केन्द्रित छ । यो दिवस सन् २००९ मा अमेरिकी पारलैङ्गिक अधिकारकर्मी रचेल क्रेन्डलद्वारा सुरुवात गरिएको थियो । हालको विश्वव्यापी मनाइने गरिन्छ । नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला) मा पारलैङ्गिक व्यक्तिहरूकै समुह क्वयेर युथ ग्रुपबाट भएको थियो ।

 त्यसपछि नेपालमा पनि यस दिवस मनाइन शुरु भयो । सन् २०२० मा क्वयेर युथ ग्रुपले संगठित रुपमा राष्ट्रिय पारलैङ्गिक मागपत्र पनि जारी गरे । नेपालमा पारलैङ्गिक व्यक्तिहरूको यसरी राष्ट्रिय तवरमा नै पैरवी र नितिगत सचेतनाका लागि यस सात बुँदे मागपत्रको ठूलो भूमिका छ । सन् २०२० मा यसै दिवसको उपलक्ष्य पारी राष्ट्रिय पारलैङ्गिक मागपत्र जारी गरिएको हो , जसमा पारलैङ्गिक व्यक्तिहरूले आफ्नो लैङ्गिक पहिचानको कानूनी मान्यताको माग गरेका छन् । पारलैङ्गिक महिलाहरूले महिला र पारलैङ्गिक पुरुषहरूले पुरुष उल्लेख गर्न पाउनुपर्ने लगायत वैयक्तिक लैङ्गिक इतिहासमा गोपनीयता लगायतका विषयहरू समेत उठाइएका छन् ।

त्यसै गरी सन् २०२१ देखि सर्वोच्च अदालतमा पारलैङ्गिक व्यक्ति लगायत लैङ्गिक पहिचानको सवाल उठाई सातवटा रिट निवेदनहरू दायर भइसकेको छ । यसै गरी लैङ्गिक पहिचान ऐन नै जारी हुनुपर्ने माग सहित नेपालका ३९ समूहबाट संयुक्त रूपमा नमूना विधेयक मस्यौदा भएको छ ।

यस वर्ष अर्थात् वर्ष २०२२ को यस पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस चाँही १३औं श्रृखला हो । नेपालमा यस वर्षको नाराका रूपमा "हाम्रो संयुक्त परिकल्पना, लैङ्गिक पहिचान ऐनको स्थापना" जारी भएको छ । सम्बन्धित संघसंस्थाले तयार पारेको लैङ्गिक पहिचान ऐन, २०७८ (मस्यौदा विधेयक) लाई ऐनको मूर्त रूप दिएर पारलैङ्गिक लगायत विविध लैङ्गिक पहिचान भएका व्यक्तिहरूको वैयक्तिक कागजात (जस्तै:- जन्म दर्ता, नागरिकता, शैक्षिक प्रमाणपत्र, इत्यादी) मा लैङ्गिक पहिचान कायम गर्नका लागि कानूनी व्यवस्था गर्नुपर्ने नारा सहित यो दिवस मनाइने भएको छ ।

  संयुक्त राष्ट्र संघले जारी गरेको तथ्यपत्र अनुसार जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरू हुन् । कुनै पनि शिशु जन्मँदा यौनाङ्गको आधारमा योनी भए बालिका वा शिश्न (लिङ्ग) भए बालक भनि इङ्गित गरिन्छ । यसलाई जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भनिन्छ । लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट आफ्नो लैङ्गिकता सम्बन्धीको व्यक्तिगत अनुभूति भनि बुझिन्छ । पारलैङ्गिक महिलाहरू ती महिला हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालक भनि इङ्गित गरिएको थियो । पारलैङ्गिक पुरुषहरू ती पुरुषहरू हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालिका भनि इङ्गित गरिएको थियो ।

कतिपय व्यक्तिहरूमा पारलैङ्गिक हुनु भनेको तेस्रोलिङ्गी हो भन्ने गलत बुझाई रहेको पाइन्छ । पारलैङ्गिक र तेस्रोलिङ्गी तात्विक रूपमा फरक पहिचान हुन् । तेस्रोलिङ्गीहरूले आफूलाई महिला र पुरुष भन्दा फरक भनि पहिचान गर्छन् । पारलैङ्गिक व्यक्तिहरूको लैङ्गिक पहिचान महिला र पुरुष मध्ये एक हुन्छ अर्थात् पारलैङ्गिक महिलाको लैङ्गिक पहिचान महिला नै हुन्छ भने पारलैङ्गिक पुरुषको लैङ्गिक पहिचान पुरुष नै हुन्छ ।

यस दिवसको सबैलाई शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.