सनातन धर्म र प्राचीन विज्ञानले पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गर्दछ, पृथ्वी, जल, अग्नी, वायू अनि आकाश । यि ५ तत्वको कारण भएको मानिसको उपस्थितीलाई सर्वमान्य रुपमा आजको विज्ञान र प्राचीन खोजहरुले धार्मीक र सास्कृतीक रुपमा मानेको छ ।
पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रुपमा मानेको यस सर्वब्यापी धरातलको महत्वलाई विश्वभरिनै महत्वकासाथ हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो ।
राष्ट्रसंघको निर्णयपछि हाल एकसय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा पृथ्वी दिवसको मिती तोकिएको छ । सन १९७० वाट शरुवात गरिएको यस दिवस सन २०२० मा ५०सौ वर्षम प्रवेश गर्दछ, त्यसवेलासम्म पृथ्वीको प्रदुषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महत्वाकांक्षी योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ ।
विषयगत कुरो गर्ने हो भने मानिस आफ्नै पैतालामुनि भएको पृथ्वीको अवहेलना गर्दै विज्ञान अनि विकासको मातमा आकाश र अर्को ग्रहको सपनामा हराँउदा पृथ्वी अनि वातावरणमा पर्न गएको नराम्रा असरहरुको ईतिवृतान्तको ब्याख्या गरिन जरुरी छ ।
२०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौति हो । बर्षेनी शुन्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम बृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित वरफका चुचुराहरु पग्लिंदै गएकाछन् । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेका छन् । यी सवै कुराका लागि अन्य कोहि नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।
ठूला ठूला हवाईजहाज र परमाणु बमहरु श्रृजना र निर्माण गर्नसक्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन्, माटो प्रकृती हो, हावा प्रकृतीको प्रवृती हो अनि पानी जीवन हो । यी सबै कुराहरुको रक्षा, सदुपयोग अनि उचित प्रयोगका वारेमा आज विश्व भरि कार्यशला गोष्ठीहरु र अन्य कार्यक्तम गरिँदै १९३ वढी देशहरुमा मनाईन्छ ।
पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिंदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएकाछन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरुले उपस्थिती जनाई ऐक्यवद्धता जनाउने गर्दछन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्दछन् । कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ ।
प्रवीधी र ब्यस्तताका वाबजुद पनि प्रकृतीमा रमाउदै रुख रोप्ने, हरियाली वढाउने, साईकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टीकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यक्ता हो । प्रकृती सर्वोपरी छ, यसको सुरक्षा हाम्रो कर्तब्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया वढोस् ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।
विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । एक पटक हामी आफै सच्चिन पनि प्रयास गर्ने की?
विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर-बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, 'कोखाई कोखाई' गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।
अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।
महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गर्दछ । इतिहास साक्षी छ कि जुन समूदायमा महिला र पुरुषकाबिचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समूदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाईनै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारीक शिक्षा मार्फत् महिलाहरुलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरु जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाकालागि लैङ्गी समानता अपरिहार्य छ ।
वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारीक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदिको तटमा भएको यो शालिन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको ईतिहासका पानाहरु साक्षी छन् । पूजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जिवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।
हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईमाथी कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंशक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमीका पनि उत्तिकै रहन्छ, बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरु सवंय पनि महिला हिंसा विरुद्ध सजग रहन जरुरी छ है ।
जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राईस्टको पौरख पूर्ण छैन, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन्, आउनुहोस् आज वाचा गरिदिउँ कि महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनेछौ । महिला सशक्तिकरणकालागि हिंसाको अन्त्य, जय होस् !
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: