भोटो जात्रा : प्वाकलं जात्रा
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।
ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।
पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।
ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।
लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।
भोटो जात्राका नेवार भाषाका अन्य नामहरु
जा)ह्वला)जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जा)ह्वला)जात्रा का नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ ।
त्यसै गरी यस जात्रालाई प्वाकलं)जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।
आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ ।
वर्षाका देवता मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस को परिवेश
२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ?
आजभन्दा ५९ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो ।
छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ ?
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।
नेपालको संविधान २०७२ ले जातीय भेदभाव विरुद्ध कस्तो प्रावधान राखेको छ ?
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।
लाखौँ बालबालिका द्वन्द्वमा फसेका छन् जसमा तिनीहरू केवल छेउमा बस्नेह
रू मात्र होइनन्, तर निशानाहरू नै हुन्।
Graça Machel, राष्ट्र सङ्घको महासचिव को विशेषज्ञ
सन् २०२२ को उत्पीडनबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवसको नारा के हो ?
बालबालिकामाथि हुने आक्रमण बन्द गर अर्थात् Stop Attacks on Children यस वर्षको नारा हो ।शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार भएका विश्वभरका बालबालिकाले भोग्नुपरेको पीडालाई स्वीकार गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिवसले बालबालिकाको अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पनि पुष्टि र पैरवी गर्दछ ।
आज के गरिन्छ ?
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकारममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ?
यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?
हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: