हानको १० बजे माने (नाम परिवर्तन) को दिन शुरु हुन्छ । उठ्ना साथै उसले सर्वप्रथम केहि रसायनहरुको धूलोलाई सानो चम्चामा राखेर तातो बनाउँछ, अनि त्यस धुलोमा थप केहि पानी राखेर घोलीसकेपछि सुईमार्फत् सिरिञ्जमा हाल्दछ । हातमा रबरको डोरीले एकातर्फ बाँधेर उसले त्यसरी घोलीएको रसायन आफ्नो शरीरमा सुईमार्फत् राख्दछ । मानेको हातभरि यसरी सुई लगाउँदा लगाउँदा बनेका खतहरू प्रशस्त छन् तसर्थ उसले दागहरु लुकाउन हाफ शर्ट लगाउन सक्दैन । जस्तै गर्मीमा पनि उसले पुरै हात छोप्ने लूगा लगाउँदछ भने उसका केही यस्ता साथीहरु यी दागहरु लुकाउन पाखुरा र हातमा सरोवरी ट्याट्टु लगाउने समेत गर्दछन ।
सम्पन्न परिवारको मानेमात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा यूवाहरु यस्तै लागू औषधको दुव्यर्सनका फँसेका छन् । साथी-सङ्गत, समय, चाहना, फेशन, माया-बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता धेरै परिभाषाले दुव्यर्सनलाई व्याख्या गर्न खोजिएतापनि दुव्यर्सन विरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारी रुपमा एक्यवद्ध भएर अघि बढ्न सकेको छैन ।
मानेलाई पहिले नशा नै जीवन जस्तो लागेको थियो रे, तर विस्तारै जीवनको खोजीमा नशामा डुब्दै जाँदा अब जीवन बिलाएर उनको पोल्टोमा नशामात्र बाँकी छ । माने त समाजको एउटा प्रतिनिधि पात्र न हो, लागूऔषध दुव्यर्सनको वृत र चरित्रहरु त हाम्रो समाजमा हामीले देख्दै आएका छौं नि विभिन्न स्वरुपमा । पशुपती क्षेत्र काठमाडौमा नशाजन्य पदार्थ सुँघेर बेहोशीमा बसेका साना कलिला भाईबुइना देखि तारे होटलमा नशाजन्य पदार्थमा रमेर अैयासी गर्ने पुञ्जीपतिसम्म, एक चिलिम गाँजा माग्दै हिँडेको देखि ओखती पसलमा विभिन्न सामान्य र जटिल रोगमा शरीरलार्इ अाराम दिने ओखतीहरु धेरै संख्यामा खरिद गरि सेवन गरेर सुत्नेसम्म समाजमा देखिएका अहिलेका दुव्यर्सनका स्वरुपहरू हुन् ।
कोही डर भगाउन त कोही सिर्जनात्मकता बढाउन सेवन गर्ने गरेको बयान दिन्छन तर यथार्त त के हो भने दुव्यर्सनीले दुव्यर्सनसंगै जीवन पनि खाईरहेका हुन्छन्, छोटो अवधीमै सकिने गरि ।
दुव्यर्सनलाई रोगको रुपमा व्याख्या गरिएको पाइन्छ, यस्तो रोग जहाँ दुव्यर्सनीको दिमागका न्यूरनेनहरु कुनै रसायन या लागुऔषधीको प्रयोगसंगै चल्दछन् । यी लागुऔषधको प्रयोगले दुव्यर्सनीको सोंच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागुऔषधहरुको उपलब्धताकालागि दुव्यर्सनीहरु जे-जस्तो अपराध या कुराहरु गर्न पनि पछि पर्दैनन् । 'जङ्ककी' हुने चक्करमा धेरै नेपाली छोराछोरीहरु दुव्यर्सन हुन पुगेका छन्, संसारकै चित्रमा पनि लागुऔषधको कारोवारीहरुको कार्य संस्थागत हुँदै गएर हामीसबैजना उनिहरुको व्यापारवृतको जोखिममा छौ । 'जङ्ककी' भन्ने शब्द हामीमाझ धेरै चर्चित छ, यसको शाब्दिक अर्थ भने लागुऔषधको दुव्यर्सन गर्ने लापरवाह व्यक्ति भन्ने बुझिन्छ है ।
संसारभरिको लागुऔषध दुव्यर्सनको समस्यालाई एकतावद्ध रुपमा संवोधन गर्नकालागि हरेक वर्षको जुन २६ तारिखमा अन्तर्राष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइन्छ । संयूक्त राष्ट्रसंघको सन् १९८७ मा भएको साधारणसभाले जुन २६ लाई दुव्यर्सन विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
नेपालमा पनि संसारका अन्य देशहरुझै दुव्यर्सन गैरकानुनी हो तर संसारका अन्य देशहरुझै नेपालमा पनि दिनानूदिन दुव्यर्सनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिदैन यसको अवैद्य कारोबार र आपूर्ति ?
एयरपोर्टबाट दुःख गरेर कमाएको पैसोले ल्याएको केही थान ल्यापटप र क्यामरासम्म छिराउन घुस खुवाउनु पर्दछ, केही थान फारम भर्न पर्दछ । तर कुन्नी कताबाट भित्रिनेरहेछ विदेशबाट आयात गरिएका लागुऔषध, हरेक दिन गल्ली गल्लीमा बेचिन्छन र सरकारको मौनता र यसलार्इ निरूत्साहित तथा निस्तेज गर्न दिनुपर्ने गति घृणायोग्य छ ।
दुव्यर्सनमा फँसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबल दिन नेपाली समाज कत्तिको सक्षम छ त?
सुधारगृहरुको प्रभावकारिता अनि समाजसंगको प्रभावकारी समन्वय अत्यन्त जरुरी छ ।
माथि उल्लेख गरेका प्रतिनीधीपात्र माने पनि सुधारगृहबाट समाज फर्केका थिए तर समाजको नजरिया, पूर्वाग्रह अनि समाजमा लागुऔषधको सरल उपलब्धताले उनलाई फेरि त्यहीं पूर्यायो, जहाँ उनी कूलतको दलदलमा थिए । यूवाहरुलाई खेलकुद, अध्यन अनि विभिन्न सिर्जनात्मक कुराहरुमा लगाउन जरुरी देखिन्छ । तर बिडम्बना! राजधानी काठ्ण्डाैदेखि देशका कतिपय त्यस्ता विकासोन्मूख शहरहरू छन् जहाँ खेलकूदकालागि अावश्यक खुला स्थानसम्म पनि उपलब्ध छैन ।
दुव्यर्सनीहरुलाई समाजमा पूर्नस्थापित गरौं अनि नशा हैन जीवनमा उद्देश्य खोज्न सिकौं अनि सिकाऔं ।
------------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको
Liked by: