ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो ।
सन् २०१७ को ईद उल फितर मा स्वागत छ । विश्वका धेरैजसो देशहरुले २६ जुन सोमबारका दिन ईद मनाउने छन् भने केहि देशहरुले २५ जुन आईतबार र केही देशहरुले २७ जुन का दिन पनि मनाउने छन् । चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ ।