ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलार्इ राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

गाईजात्रा
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ ।