अन्तर्राष्ट्रिय आदिवासी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय आदिवासी दिवस




अन्तर्राष्ट्रिय आदिवासी दिवस विशेष अडियो सामग्री

'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।

२३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक' भन्ने नाराका साथ आव्हान गरेको थियो । यस दिवसकालागि संयूक्त राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुईवटा कान जस्तो आकृतिले पृथ्वीलाई दुईपटिबाट घेरेको देखिन्छ ।

मानव सभ्यताको विकाससंगै बसाई-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलोकालागि पुस्ताैदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पैंठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि प्राचिन सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

बहु-जाती बहु-धर्म र बहु-संस्कृती भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर कोशिस गर्दैगरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यहि माैलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।

तितोसत्य के हो भने आदिवासीहरुको बसोवासलाई बिगार्दै अनि उनिहरुलाई बिस्थापित गर्दै बनाइएका शहर, बसाइएका सभ्यता र जोडीएका कारखाना भन्दा उनिहरुको आफ्नो ठाउँमा हुने माैलिक उपस्थिती नै संसार र समूदायकालागि फाइदाकारक हुनेछ ।

आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उदगमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस्, शुभकामना !

हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.