नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आज अन्तराष्ट्रिय एकल महिला दिवस को १० औं संस्करण हो, आउनुहोस् कुराकानी गरौं।
आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा एकातर्फ अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ, विश्वभरिका एकल महिलाहरुले एउटा संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आएका छन्, उनीहरुका लागि समानता र समता आजको विश्वले पैरवी गर्नुपर्ने तथ्य भएको छ ।
संयूक्त राष्ट्रसंघको महासभाले सन् २०१० डिसेम्बरमा हरेक वर्षको जुन २३ लाई अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने घोषणा गरेको हो, सन् २०११ को जुन २३ वाट यस दिवस मनाउने क्रम शुरु भयो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ।
समतामुलक समाज, दिर्घकालिन बिकास र लैगिंक समानता र न्यायका खातिर एक्ल महिलाहरुलाई अगाडि बढाउनुपर्ने तथ्यलाई आज विश्वभरिका देशहरु अनि समाजले आत्मसाथ र जाहेर गर्दछन् । नेपालमा एकल महिला सशक्तिकरणका लागि भनेंर आकस्मीक कोस समेत सरकारले स्थापना गरेको छ, बिसं २०७० सालको जेठ ९ गतेको मन्त्रीपरिषदको बैठकवाट यस निर्णय पारित गरिएको थियो । महिलाभित्र विपन्न वर्गका एकल महिला, विधवा, सम्बन्ध बिच्छेद गरेका, पैंतीस वर्ष उमेर पूरा गरेका अविवाहित, ५ वर्षभन्दा बढी समयदेखि पति हराएका वा बेपत्ता भएका तथा अंशबन्डा गरी वा मानो छुट्टिई पतिसित अलग बसेका महिलालाई प्रत्यक्ष राहत पुग्ने किसिमले नियमावली ल्याइएको छ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर करिब २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् । नेपालको जनगणना–२०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ ।
नेपाली समाजले घरि घरि एकल महिलाहरुको मर्यादामा आँच आउने काम गरेके पाइन्छ, एकल महिलाहरुलाई आरोपहरु थोपर्ने, निर्धो मानेर हेप्ने, बोक्सीलगायतका आरोपहरु लगाउने अनि आफ्नै परिवारजनबाट समेत अमानविय हिंसा भएका प्रशस्त उदहारणहरु हामीले एकादेशवाटै सुनिआएका र देखिआएका कुराहरु हुन् । समानताका मुलधारमा एकल महिलाहरुको पहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमहरु अनि आर्थिक सशक्तिकरणका अन्य मापदण्डहरु ल्याइन टड्कारो आवश्यक्ता मा छ ।
एकल महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व पनि हो है, एउटा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ एकल महिलाहरुको मर्यादाको सम्मान गरिन अपरिहार्य रहन्छ, लैगिंक समानता कायम भएको समाज निर्माणार्थ आजको दिनले पैरवी गरोस्, शुभकामना ।
सुयोग ढकाल
Liked by: