गङ्गादशहरा | गोसाइकुण्ड स्नान समाप्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गङ्गादशहरा | गोसाइकुण्ड स्नान समाप्ति




गङ्गादशहरा | गोसाइकुण्ड स्नान समाप्ति विशेष अडियो सामाग्री

पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गादशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ, भनिन्छ आजकै दिन गंगाको अवतरण धर्तिमा भएको थियो। आजको दिन गङ्गा नदीमा स्नान या गङ्गाजलले आफुलाई पवित्र बनाउनुलाई अत्यन्त लाभकारी मानिन्छ।

दशयोग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गाजलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक मान्यता रहेको छ। पाप नाश हुनेसंगसंगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ।

गङ्गादशहराको अवसर पारेर नेपालको धार्मिक स्थल गोसाइँकुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्दछ । यस वर्ष भने कोरोना महामारीको कारण उक्त मेला आयोजना हुन सकेन । यसरी हरेक वर्ष आयोजना हुने उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरु गोसाइँकुण्ड आइपुग्ने गरेका छन्। यो मेलामा आफ्नो उपस्थिति जनाउन आउने भक्तजनले आफुले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यस मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ। गोसाइँकुण्डमा यस किसिमको मेला वर्षको दुईवटा ठुलो पर्व भएको बेला लाग्ने गर्दछ, एउटा आज हो भने अर्को ठूलो पर्व जनैपूर्णिमाको दिन पर्दछ। गङ्गादशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गरेको छ। यस वर्षको गंगा दशहरा एकाग्रतामा नै समापन भएको छ, भगवान शिवले आफ्ना भक्तहरुलाई भेट्न जानसक्ने माहोल श्रृजना गरुन्, विश्वमाथि निलकण्ठको कृपा रहोस् ।

गोसाइकुण्ड स्नान समाप्ति


ॐ अस्य श्री भगवान नीलकंठ सदा९शिव९स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म९स्थै९आर्यु९आरोग्य९अभिवृद्धयर्थं
मोक्षादि९चतुर्वर्ग९साधनार्थं च श्री नीलकंठ९सदाशिव९प्रसाद९सिद्धयर्थे जपे विनियोगः।

ब्रह्माको श्रोत, पार्वतीको शक्ति, निलकण्ठ सदाशिव, मेरा पापहरुवाट मलाई पूर्णत मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव निलकण्ठको जयजयकार होस् ।

समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पती र स्थापित भए । यसैक्रममा महासागरवाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरुलाई असर गर्न थाल्यो, भगवान विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।

शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैं । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाबिध्याको स्वरुपमा प्रवेश गरि विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सिमित पार्नुभयो । यसरी निलो घाँटी भएका निलकण्ठ भगवान गएर त्रिशुल प्रहार गरि बनाएको कुण्ड नै गोसाईकुण्ड हो ।

समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईकुण्ड (गोसाईको अर्थ भगवान र कुण्ड पवित्र पोखरी हो) भगवान शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।
सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।

जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा यस दशमी तिथिबाट समापन भएको छ । यस दशमीलाई गंगादशहरा पनि भनिन्छ, यस दिन गोसाईकुण्डमा विशेष घुँईचो रहने र देश बिदेशवाट दर्शनार्थि जाने चलन रहन्छ, यद्धपी यस वर्षको माहोल भनें फरक छ । यसवर्ष विश्वभरिका कुनै पनि आस्थाका तिर्थस्थलहरुमा श्रद्धालुहरुको भिँड लाग्न पाएन, कोरोना त्रासले मान्छेहरु सबै घरघरमा सिमित भएका छन्, यसवर्षको गोसाईकुण्डको पवित्र स्नान परम्परा पनि एकाग्रता अनि एक्लेपनामा नै अन्त भएको छ । त्रिभुवन त्रिकालदर्शी भगवान शिवले सबैको कल्याण गर्नुहोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.